‘स्टेजमा नृत्य गरेको अनुभव छैन’

495 Shares

फिल्म । मुखौटा र सम्बोधनमा काम गरिसकेका प्रशान्त ताम्राकार फिल्म ऐश्वर्यबाट एकाएक चिनिए । उनको लुक्सले ट्रेलर रिलिजबाटै चर्चा पायो । यही फिल्मबाट उनले स्टाइलिस भिलेनको उपनाम पनि पाए । लामो कपाल, मोटो शरीर, भद्दा संवाद । धेरै नेपाली फिल्मका खलपात्र भित्र यस्तै परिचय बोकेर पर्दामा अगाडि बढे । तर , यो मानसिकता र शैली विस्तारै परिवर्तन हुदै गर्दा प्रशान्त भिलेनको रुपमा उदाए । यद्दपी उनको चिनारी भने मोडलिङ हो ।

सन् १९९१, मोडलिङ नेपाली समाजको लागि उस्तो सहज, सामान्य र व्यावसायिक बनेको अवस्था थिएन । प्रशान्त त्यो समयमा १९ वर्षको थिए र उनले मोडलिङको बाटो रोजे । अडिटर रहेका बुवाले सधैँ सिइओ बन्नुपर्छ नभनेका होइनन् । तर , उनी पनि बुवाले आफ्नो लागि देखिदिएको सपनालाई नै मान्न तयार थिए । तर रुचि मोडलिङतिरै मोडियो । उनले मोडलिङ निकै प्रतिभालाई अगाडी ल्याएका छन् भने उनको नामनै ब्राण्ड बनिसकेको छ ।

अब उनको यात्रा मोडिएको छ , नृत्यमा । ‘स्टेजमा कयौँ पटक चढे तर अहिलेसम्म नृत्य गरेको छैन’ प्रशान्तले सुनाए ,’अहिले डेली रुटिन नै नृत्य भएको छ ।’ उनलाई कोरोयोग्राफर स्वोयन्ता योञ्जनले डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’ को स्टेजमा नचाउदै छिन् । ‘अनुभव रमाइलो भईरहेको छ । किनकी यो समयमा आएर नृत्यमा प्रस्तुत हुदैछु’ प्रशान्तले भने ।

लकडाउनमा घरमै रहेका प्रशान्त यहिँ शोको प्राक्टिसको लागि बाहिर निस्किएका छन् । ‘परिवारलाई सुरक्षित राख्ने दायित्व त छ नै साथै कर्म पनि गर्नै पर्यो’ प्रशान्तले भने । उनले आफुले नृत्य सक्दो मेहनत गरेको बताए । ‘मैले पाएको च्यालेञ्जबाट लाइफमा पछाडी हटेको छैन । सफलता र असफलता आफ्नो ठाउँमा छ । तर , कोशिश गरेको छु’ प्रशान्त आत्मविश्वासी सुनिए ।

कमेन्ट गर्नुहोस्