‘मिलन यात्रा’ सार्वजनिक

संगीत । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गायिका मिलन अमात्य नेवारले चौथो एल्बम ‘मिलन यात्रा’ सार्वजनिक गरेकी छिन् । उक्त कार्यक्रममै उनले पाँचौ एल्बममा समावेश हुने गीत ‘मन रेशम’ भिडियो सहित सार्वजनिक गरिन् । आफ्नो जन्मोत्सवको अवसर पारेर गीत तथा भिडियो सार्वजनिक गरेकी हुन् ।

माननिय गृहमन्त्री राम बहादुर थापा ’बादल’को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ गायक दिप श्रेष्ठ, वरिष्ठ गीतकार राजेन्द्र थापा, संगीतकार शक्ति बल्लभसँगै मिलनको माता पिताको पनि उपस्थिति रहेको थियो । यी सम्पूर्णले एकसाथ एल्बम लोकार्पण गरेका थिए । एल्बममा सात गीत सग्राहित छन् , जसमा योगेन्द्रमणी दाहालको एकल शब्द र राजु सिंहको एकल संगीत रहेको छ । सोही कार्यक्रम मार्फत उनले ’सिङ्गिङ फर सोसाइटी’ भन्ने उदेश्य सहित ’मिलन च्यारिटी फाउण्डेसन’को सुरुवात समेत गरेकी छिन् ।

आफ्नो साङ्गितिक प्रस्तुती र सामाग्रीबाट आउने रकमको केही अंश समाज सेवामा खर्चने उदेश्य उनले लिएकी छिन् । सोही अनुसार प्रारम्भिक चरणमा मिलनले आफ्नो सहायता ’शहिद स्मृति आवासिय माध्यमिक विद्यालय’ इटहरीमा केन्द्रित गर्ने छिन् । सार्वजनिक भिडियोमा गायिका मिलन नेवारसँगै गायक कमल खत्रीको स्वर रहेको छ भने भिडियोमा अभिनय समेत उनिहरुले नै गरेका छन् । हरी हुमागाईको छायांकन रहेको भिडियोलाई सम्पादन गरेका हुन् भने निर्देशन राजेश पुमा राईको रहेको छ ।

कमेन्ट गर्नुहोस्