फिल्म । एक नाबालिग गायिकामाथि बलात्कार आरोप लागेका अभिनेता पल शाहले आज तनहुँ पुगेर प्रहरीसमक्ष आत्मसमर्पण गरेका हुन् । उनीविरुद्ध नाबालिग गायिकाले गत साता तनहुँ प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले पललाई फरार सूचीमा राखेको थियो । पलले आज फेसबुकमा स्टाटस लेख्दै आफूले कानुनलाई पालना गर्ने र प्रहरीसमक्ष आजै उपस्थित भएर आत्मसमर्पण गर्ने उल्लेख गरेका थिए ।
अभिनेता शाहलाई जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ । तनहुँ जिल्ला अदालतले शाहमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न म्याद थप गरेको हो ।प्रहरीले अधिकतम २५ दिनसम्म शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ ।
कमेन्ट गर्नुहोस्











