संगीत । भारतले नेपालको पश्चिम सीमा क्षेत्रस्थित नेपाली भूमिमा भारत र चीन जोड्ने सडक उद्घाटन गरे यता नेपालीले विरोध गरिरहेका छन् । भारतले पटक पटक नेपाली भुमि मिच्दै आए आरोप लगाउदै नेपालीहरु सडकमै उत्रिए । यसै सन्दर्भमा आधारित रहेर गायक अस्मिन घिमिरे ले ‘मलाई नालापानी- लिपुलेक हेर्न मन छ’ बोलको गीतको ल्याएका छन् । गीतलाई गायक घिमिरेले लेखेका हुन् भने , यसमा कपिल घिमिरेको संगीत रहेको छ ।
गीतमा कलाकारहरु दीपकराज गिरि ,दीपाश्री निरौला ,सलोन बस्नेत ,निर्मल शर्मा ,शोभित बस्नेत ,बद्रि पगेनी ,जयकिसन बस्नेत ,जहान्वी बस्नेत, अर्जुन भुषाल,उत्सव अधिकारी ,पुस्कर लामा ,काब्य कार्की ,दीपक राज पाठक,सुदिर नेपाल ,कृष्ण भट्टराई , अनुप भट्टराई र अस्मिन घिमिरे देखिएका छन् । रबि अधिकारीको कन्सेप्ट रहेको ‘मलाई नालापानी- लिपुलेक हेर्न मन छ’ गीतको भिडियोलाई भोला सुबेदी (आर जे प्रनाप)ले निर्देशन तथा सम्पादन गरेका हुन् ।राजिव बस्नेत र भोला सुबेदीको छायांकन रहेको गीतलाई उषा थापाले निर्माण गरेकी हुन् ।












