चौधरी परिवारले हेरे ‘छक्का पञ्जा ३’

जयहोस् । उद्योगपती विनोद चौधरीले फिल्म ‘छक्का पञ्जा ३’ हेरेका छन् । दसैँ लाग्दै गर्दा रिलिज भएको फिल्मलाई उनले स-परिवार हेरेका हुन् । अघिल्लो सिरिजलाई लबीम मल पुगेर हेरेका चौधरीले शनिवार राति दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमामा हलनै बुक गरेर फिल्म हेरेका हुन् । उनले राति ९ : ३० बजेको शो हेरेका थिए । फिल्मले मनोरंजन दिने भएकोले छक्का पञ्जा सेरिजलाई स-परिवार हेर्ने गरेको उनले प्रतिक्रिया दिएका छन् । फिल्म हेरिसकेपछी उठान गरिएको विषयवस्तुलाई उनले रुचाएको बुझिएको छ । छक्का पञ्जा सिरिजकै राम्रो फिल्म भनेर चर्चा भईरहेको तेस्रो शृंखलामा युनिटले शिक्षामा हुने गरेको राजनीतिलाइ उठान गरेका छन् । दीपाश्री निरौलाको निर्देशनमा तयार भएको फिल्ममा दीपकराज गिरी , दीपिका प्रसाई , जितु नेपाल , केदार घिमिरे , शिवहरी पौडेल , शिशिर बांग्देल , नीर शाह , बुद्धि तामाङ लगायतको अभिनय रहेको छ । फिल्मले राम्रो प्रतिक्रिया बटुल्नुका साथै कलेक्सन पनि राम्रो गरिरहेको छ । विना बिदा रिलिज भएको फिल्मले बुधवार र विहिबार गरेर २ करोड ग्रस कलेक्सन गरिसकेको छ । फिल्मले शनिवार डेढ करोडको हाराहारीमा ब्यापार गर्ने अनुमान गरिएको छ ।
कमेन्ट गर्नुहोस्