संगीत । नायक आकाश श्रेष्ठ र मोडल एलिसा राईलाई फिचरिङ गरिएको ‘टेलिफोनको टावर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार अम्बिका गुरुङको शब्दमा तयार भएको गीतमा लेखु सहयात्री र मेलिना राइको स्वर, दिपक शर्माको संगीत छ ।
गीतमा युवापुस्ताको रोमान्टिक प्रेम देखाइएको छ । गीतकार गुरुङले दर्शकको मुखमा झुन्डिने शब्दहरु कोरेकी छिन् । भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राइको जोडी सुहाएको छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् । विधानले यसअघि पनि थुप्रै गीतको भिडियो तयार पारिसकेका छन् ।
कमेन्ट गर्नुहोस्










