‘डिग्री माइला’ : दयाको नाटकलाई रामबाबुले बनाए फिल्म

फिल्म । अभिनेता दयाहानङ राई र निर्देशक रामबाबु गुरुङ दर्शकसँगै फिल्मकर्मीको लागि पनि विश्वाशिलो नाम बनिसकेका छन् । उनीहरूले सँगै काम गर्दा नेपाल मात्र नभई डायस्पोरामा पनि उही विश्वासका साथ दर्शक हलसम्म आउछन । यही समूहले निर्माण गरेको ‘डिग्री माइला’ प्रति अहिले दर्शकको विश्वास बढिरहेको छ ।

‘कबड्डी’ शृंखलाको शैलीबाट बाहिर ल्याउन खोजिएको फिल्ममा अभिनेता राईले डिग्री पास बेरोजगारको कथालाई पेश गरेका छन् । उनको पात्रले देशमा धेरै युवाको आवाज बोल्ने र शैलले पनि गाउँको माइलाको झल्को दिने भएकाले युट्युबसँगै सामाजिक सञ्जालमा रुचाइएको छ । ट्रेलरमा रहेका संवादले हाइप उच्च बनाएको हो । सामान्य लाग्ने आकर्षक संवादले फिल्मको प्रतीक्षा समेत बढाएको छ ।

योङ जेनेरेसनमा बोलीचालीमै रहेका शब्दलाई टपक्क टिपेर फिल्ममा राख्ने गरेकै कारण निर्देशक गुरुङ अर्गानिक मेकरमा पर्छन् । आफ्नै माटोका कथा बोकेर स्थानीय परिवेश र लवजमा दुरुस्तै बनाउने उनको शैलीले यतिबेला फिल्मलाई प्रतिक्षित बनाएको छ । उनको फिल्मका विषय गम्भीर भएता पनि उनले त्यसलाई सरल र हाँस्य शैलीमा दर्शकसम्म पुर्याउने गरेका छन् । नाटक ‘डिग्री माइला’ लाई फिल्मी शैलीमा तयार गरिएको छ ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर निर्माण गरेको भएको फिल्ममा दयासँगै आँचल शर्मा विजय बराल, बुद्धि तामाङ, प्रकाश घिमिरे लगायतको अभिनय रहेनछ ।यसमा अभिनेत्री ऋचा शर्मालाई विशेष भूमिकामा देख्न सकिनेछ । ‘किन चाउरिस मरिच आफ्नै रागले’ भन्ने चर्चित नेपाली उखानमै आधारित रहेको यसको कथासार तयार गरिएको छ ।

आगामी चित ३० गते प्रदर्शन हुने फिल्ममा निमेष श्रेष्ठको सम्पादन तथा रोहित शाक्यको ब्याकग्राउण्ड म्युजिक, शिवराम श्रेष्ठ तथा राइली एसशिनको छायांकन रहेको छ ।

कमेन्ट गर्नुहोस्