‘आर्ट र विजनेसलाई संगै ल्याउन गाह्रो छ’

फिल्म । आउँदो असोज २४ गतेबाट फिल्म ‘छ माया छपक्कै’ प्रदर्शनमा आउँदैछ । यसपटक दीपाक राज गिरी र दीपा श्री निरौलाको समुहले निर्देशनको जिम्मा समिक्षक तथा निर्देशक दीपन्द्र लामालाई दिएको छ । आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको फिल्म ‘छ माया छपक्कै’ कस्तो हुन्छ भन्ने चर्चा यतिबेला फिल्मनगरीमा छ । किनकी दीपक र दीपाको समुह व्यावसायिक रेकर्ड बनाउने मामिलामा अगाडी छन् भने दीपन्द्रको शैली नै आर्ट फिल्म हो । यसपटक आर्ट र बिजनेस एकै स्थानमा आएका छन् । तर , दीपक र दीपाले आर्टमा पनि बिजनेस झैँ ध्यान दिने तर्क छ , निर्देशक लामाको । उनले भने ‘मैले आर्टलाई समेटे अनि उहाहरुले बिजनेसलाई तर उहाहरुले पनि आर्टलाई उत्तिकै मात्रामा सोच्नु हुन्छ ।’

उनले उदाहरणको रुपमा पछिल्लो फिल्म ‘छक्का पञ्जा ३’ लाई अगाडी सारे । ‘उनीहरुले आफुलाई क्रमिक रुपमा सुधार्दै ल्याएका छन् , जुन स्वागत योग्य छ’ निर्देशक लामा भन्छन् ,’उहाहरुले पछिल्लो फिल्म मार्फत पाएको प्रतिक्रियाले गर्दा नै हाम्रो टिमअप सम्भव भएको हो ।’ दीपक र दीपाको समुहलाई उनीहरुको दोस्रो फिल्म ‘वडा नम्बर ६’ पछि राम्रो फिल्मको रुपमा ‘छक्का पञ्जा ३’ हो भनेर दर्शक र फिल्मकर्मीले प्रतिक्रिया दिए । त्यसपछि ‘कन्टेन विथ कमेडी’ लाई अगाडी सार्दै टिमले बाहिरको निर्देशकसंग काम गर्ने भएपछी सहकार्य सम्भव भएको निर्देशक लामाले बताए ।

निर्माणमा रोहित अधिकारीसंग सहकार्य गर्ने भएपछी दीपेन्द्रको कथा टिमलाई मन पर्यो । दीपेन्द्र आफैलाई पनि यो कथा नेपालको सम्पूर्ण भू-भागकोजस्तो लाग्छ । ‘म काभ्रेको तिमाल क्षेत्रमा पुग्दा यो कन्सेप्ट पाएको हु तर यसलाई कथा बनाउदा लाग्यो यो नेपालको सम्पूर्ण भू-भागको कथा हो’ निर्देशक लामा भन्छन् ,’मेरो कथालाई मासमा लैजान दीपकजी नै उपयुक्त लाग्यो त्यसैले उहालाई स्क्रिप्ट बनाउने जिम्मा दिए ।’ पछिल्लो समय दर्शकमा भिजेको मेकर मध्यका एक हुन् , दीपक । किनकी उनको फिल्मले व्यवसायमा एउटा इतिहास नै बनाएको छ र यो दर्शकको माया विना सम्भव छैन । सहकार्यकै क्रमलाई हेर्ने हो भने दीपकको समुहले आफुलाई अगाडी बढाएर आर्टलाइ जोड दिए भने निर्देशक लामाले पनि आफ्नो कथालाई मासमा पुर्याउन जनभावनाको कदर गरे ।

‘हामीले बीचमा बसेर काम गरेका हौ किनकी यो छक्का पञ्जा पनि होइन न त गोपी नै हो’ निर्देशक लामाले भने । त्यसो त उनलाई के यो ‘वडा नम्बर ६’ नै हो ? भन्ने पनि छन् । तर यसलाई दीपेन्द्र फुर्सदको तर्क भन्छन् । ‘ट्रेलर हेरेर नै फिल्म यस्तो हो भन्नु उचित होइन तर आफ्नो तरिकाले अनुमान भने गर्न पाइयो’ उनले भने ,’हामीले ट्रेलरमा सबै पक्षलाई बाहिर ल्याएका छैनौ किनकी यो ट्रेलर नै हो ।’ साथै उनले आफुले लेखेको कथालाई टाइटलले अन्याय नगरेको पनि बताए । ‘हामीले फिल्मसंग जोडिएको टाइटल राख्दा त्यसले फिल्मको आयामलाई खुमच्याउछ कि जस्तो लाग्छ’ निर्देशक लामा भन्छन् ,’फिल्म हेर्न आएका दर्शकले मनोरंजन पाउँन तर परिपक्क होस् भन्नेमा जोड दिएका छौ ।’

किनकी उनि चाहन्छन् हाँस्य कलाकारले पनि गहन विषयवस्तुलाई समेटेर फिल्म बनाउन सक्छन् । उनले गहन फिल्म हेर्न रुचाउने दर्शक र छक्का पञ्जा दर्शकलाई जोड्ने एक पुलको काम ‘छ माया छपक्कै’ ले गर्ने प्रयासमा रहेको बताएका छन् । त्यसो त आर्ट र व्यसायको मिक्स भिजनले सबैलाई सन्तुष्ट नबनाउला तर प्रयाश भने न छाड्ने उनको तर्क छ । उनले अब गहन विषयलाइ पनि मासमा लैजान शैलीमा केहि परिवर्तन गर्नु पर्ने सोच बनाएका छन् । तर , उनले नेपालमा दर्शकलाई हलसम्म तान्न अधिकांस फिल्मको हकमा स्टार नै फलदायी रहने बताए । तर स्टारको फिल्म मार्फत भन्ने कथा सशक्त हुनु पर्नेमा उनले जोड दिए ।

विज्ञापन

‘हलसम्म आएका दर्शकले फिल्म मन पराउनु पर्छ तर हलसम्म ल्याउने काम स्टारको हुन्छ अनि त्यसलाई टिकाउने कन्टेनको’ निर्देशक लामाले स्टार र कन्टेन एकै सिक्काको दुइ पाटा रहेकोमा जोड दिए । किनकी पछिल्लो समय स्टार भनिएका निर्देशक पनि विना स्टार भ्यालु भएका कलाकार बाहेक फिल्म बनौअने आट गरेका छैनन् । उनले आफुले दीपक र दीपाको फिल्म गरेर कुनै रिस्क पनि नलिएको बताए । उनको योजना नै मनोरंजनलाई परिपक्क बनाउने हो । दीपक र दीपाको समुहले पाएको फ्यान फ्लोअर्सलाई बढाउने उपाए पनि यहि नै हो । त्यस्तो उनीहरुको समुहको एकता नै शक्ति रहेको दीपेन्द्रले बुझे । ‘उनीहरुको एकता अनि एक अर्काको सुझावलाई मनन् गर्ने बानीलेनै सफल बनाएको छ’ उनले भने । यसैले गर्दा पनि यतिबेला ‘छक्का पञ्जा’ सिरिजका दर्शकलाई फिल्मले निराश नबनाओस भन्ने सोचेर नै फिल्म तयार गरिएको उनले बताए ।

फिल्मको ट्रेलरले द्वन्दको पृष्ठभूमिमा मौलिएको प्रेमलाई अगाडी सारेको छ । फिल्ममा दीपकसंगै जितु नेपाल , केदार घिमिरे , केकी अधिकारी , सुपुष्पा भट्ट , पुस्कर गुरुङ लगायतको अभिनय रहेको छ । फिल्ममा दीपा निर्देशन सल्लाहकारको रुपमा छिन् । हरि हुमागाइँको छायांंकन, रोशन श्रेष्ठको द्वन्द्व, दीपक शर्माको संगीत, कविराज गहतराजको कोरियोग्राफी र विपिन मल्लको सम्पादन रहेको फिल्मको कथा निर्देशक लामाको हो । उनको कथालाई कलाकार दीपकराजले पटकथामा ढालेका हुन् । उनलाई संवादमा भने केदार, जितु र अभिमन्यू निरबीले सघाएका छन् । जितु र केदार फिल्मका कार्यकारी निर्माता हुन् ।निर्देशक लामालाई निर्देशनमा निर्देशक दीपाश्री निरौलाले सघाएकी छन् । यसका निर्माता रोहित अधिकारी हुन् । फिल्ममा अभिनेत्री सुपुष्पा भट्टको पनि अभिनय छ ।

कमेन्ट गर्नुहोस्