फिल्म । प्रदर्शनरत फिल्म ‘ऐना झ्यालको पुतली’ लाई ३५ जना बालबालिकाले हेरेका छन् । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा ती ३५ जना आश्रित बालबालिकालाई अभिनेत्री सुहाना थापाले फिल्म देखाएकी हुन् । ती विपन्न बालबालिकाले अपरान्ह कमलपोखरीस्थित बिग मुभिजमा पुगेर सुहानासँगै फिल्म हेरेर रमाए । काठमाडौंको एक आश्रमका ती बालबालिकालाई सुहानाले पहिलेदेखि नै हेरचाह गर्नेदेखि मनोरञ्जन दिलाउने कार्य गर्दै आएकी छन् ।
उनले यस अगाडी ती बालबालिकालाई आफैँ अभिनित ‘ए मेरो हजुर ४’ पनि देखाएकी थिइन् । उनले फिल्म हेरेपछि राम्रो लागेको प्रतिक्रिया दिएकी छिन् । ‘हाम्रो अर्गानिक फिल्म । यसमा आफ्नै कथा छ अनि मनोरंजन पनि’ उनले फिल्म हेरेपछि प्रतिक्रिया दिईन् । गत भदौ २४ बाट प्रदर्शनरत फिल्म ‘ऐना झ्यालको पुतली’ लाई सुजित बिडारीले निर्देशन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्










