कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९५

देश । पछिल्लो २४ घण्टामा नेपालमा नेपालमा थप ९ सय २७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ३६ हजार ४ सय ५६ संक्रमितको संख्या पुगेको जनाए । यसैगरी पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय १५ जनामा कोरोना संक्रमण देखिएके छ ।

यसैगरी पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ ।मन्त्रालयले शुक्रबार मृत्युको औपचारिक रुपमा पुष्टि गरेको हो । जसमा , ४ महिला र ८ जना पुरुष रहेका छन् । मृत्यु हुनेहरु महिलामा मोरङका ५६ वर्षीया र ६५ वर्षीया, भक्तपुरकी ६३ वर्षीया र मकवानुपरकी ७१ वर्षीया रहेका छन् । यस्तै , मृत्यु हुने पुरुषमा उदयपुरका ५२ वर्षीय, पर्साका ७२ वर्षीय, धनुषाका ४५ वर्षीय, सिरहाका ५५ वर्षीय, झापाका ८३ वर्षीय, चितवनका ५१ वर्षीय, कास्कीका ५२ वर्षीय र रुपन्देहीका ६० वर्षीया पुरुष रहेका छन् ।

कमेन्ट गर्नुहोस्