सप्तरीमा थपिए २ संक्रमीत

देश । प्रदेश नम्बर २ अन्तर्गतको जिल्ला सप्तरीमा २ जना कोरोना भाइरस (कोभिड १९) संक्रमित थपिएका छन् । २ नयाँ संक्रमित भेटिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ६ सय ५ पुगेको छ । नयाँ भेटिएका दुवै संक्रमित सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका हुन । भेटिएका दुवै संक्रमित क्रमशः २२ र ३५ बर्षिय पुरुष रहेका छन ।

उनीहरु भारतको मुम्बईबाट नेपाल फर्किएका थिए । नेपाल फर्किए लगतै उनीहरुलाई डाक्नेश्वरीकै क्वारेन्टाइनमा राखिएको थियो । उनीहरुको परिक्षण धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो । हिजो साँझ मात्र उनीहरुको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । उनीहरु राजविराजमा गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा लगिदैछ । उनीहरुको त्यहि आइसोलेसनमा राखेर उपचार गरिने डाक्नेश्वरी नगरपालिकाका प्रशासन प्रमुख बसन्त कुमार दासले बताए । साथै , दुवै संक्रमितको अवस्था सामान्य रहेको छ ।

कमेन्ट गर्नुहोस्