कार्तिक अन्तिम साता ‘कागज पत्र’

जयहोस् । फिल्म निर्माताका रुपमा यसक्षेत्रमा भित्रिएका अपिल विष्टले निर्देशन गरेको दोस्रो फिल्म ‘कागज पत्र’ कार्तिकको अन्तिम साता अर्थात् ३० गते रिलिज हुने भएको छ । ‘झुम्की’ मार्फत निर्देशनमा डेब्यु गरेका अपिल यतिबेला फिल्मको तयार गर्न जुटिरहेका छन् । उनकै लेखन समेत रहेको फिल्ममा नाजिर हुसेन, भोलाराज सापकोटा, सरिता गिरी, शिल्पा मास्के, आर्जेश रेग्मीलगायत कलाकारको अभिनय रहेको छ । गत कार्तिकमा घोषणा गरिएको फिल्मलाई सामाजिक प्रेमकथा भनिएको छ । खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी, प्रजाप्रति सिवाकोटीको लगानी रहेको फिल्मले कागज पत्रले निम्त्याउने अवस्थालाई चित्रण गर्ने समेत बताइएको छ ।
कमेन्ट गर्नुहोस्