यस्तो देखियो अतित र सायाको प्रेम (भिडियो)

फिल्म । केहि समय अगाडी मात्र फस्टलुक सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको फिल्म ‘समर लभ’ को टिजर सार्वजनिक भएको छ । युवा लेखक सुविन भट्टराईद्वारा लिखित चर्चित पुस्तक ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ टिजरमा कथासार र क्यारेक्टरलाई चिनाइएको छ । आशिष पिया र रेवती क्षेत्रीले यसै फिल्म मार्फत नेपाली फिल्ममा डेब्यु गर्दैछन । यसमा आशिष ‘अतित’ र रेवती ‘साया’ को भूमिकामा छन् । ‘नाइँ नभन्नू ल ३’ निर्देशक मुस्कान ढकालले फिल्मको निर्देशन गरेका हुन् ।

सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवाद सुविन र सामीप्यले मिलेर लेखेका छन् । नाइटिंगेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने बिनोद अधिकारी कार्यकारी निर्माता रहेका छन् । स्वपन सरकार र मनोज बिक सहनिर्माता रहेको फिल्ममा एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् । फिल्ममा पुष्पन प्रधानको संगीत रहेको छ भने फिल्मलाई सञ्जय लामाले छायांकन गरेका हुन् । फिल्मलाई अर्जुन जिसीले सम्पादन गरिरहेका छन् ।

कमेन्ट गर्नुहोस्