एक्सन स्टारको ‘स्ट्रगल’

46 Shares

फिल्म । अभिनेता निखिल उप्रेतीले पाएको अर्को उपनाम हो , एक्सन स्टार । उनले डेब्यु फिल्ममै सात तल्ले भवनबाट हाल फाले । जसले निकै चर्चा पायो । किनकी त्यो समयमा अहिलेको जस्तो सेफ्टी युज हुन्थेन । अनि जे गरिन्थ्यो , आफ्नै रिक्समा गरिन्थ्यो । त्यसपछि पनि निखिलले एक्सनमा नयाँ आयाम ल्याउन थाले । उनका फिल्ममा एक्सनको नयाँ पन हुने भएकाले दर्शक प्रतिक्षित हुन् थाले । उनले नेपाली फिल्ममा एक्सनको ट्रेण्डलाई नै परिवर्तन गरे । त्यसैले गर्दा उनको परिचय स्थापित भयो । उनि आफैले पनि यसको कल्पना गरेका थिएनन् ।

फिल्म खेल्ने त के नाटक पनि हेर्न सक्थिएनन् ,निखिल । ‘म गाउँमा हुर्किएको मान्छे मैले फिल्म खेल्छु भन्ने सोचेको पनि थिइन् किनकी मेरो चिनजान पनि थिएन अनि अभिनयमा जिरो’ निखिलले भने । तर , उनले बाल्यकालमा ज्याकी चेन र ब्रुस लीको धेरै फिल्म हेरेका छन् । फिल्म हेरेपछी त्यस्तै गर्ने प्रयास पनि गरेका छन् ।

‘मलाइ सिक्ने एकदमै रहर छ , त्यसैले होला म निकै जिज्ञाशु छु’ उनले भने । उनले मार्सल आर्ट र तेक्वान्दो सिकेका छन् , त्यसैले पनि एक्सन गर्न रुचाउथे । स्कुल शिक्षा सर्लाहीमा नै गरेका निखिल इन्टर पढ्न वीरगंज हुँदै काठमान्डौ आए । ‘सर्लाहीको मान्छेलाई काठमान्डौ आफैमा सहर थियो र यहाँ आएपछि म मुम्बई गए सिक्नलाई किनकी फिल्मसँग जोडिएको मेरो कोहि केहि कतै थिएन । त्यसैले मुम्बईमै कोसिश गरौँ भनेर गएको हुँ’ उनले भने ।

नाटकसम्म हेर्न लजाउने निखिल कसरि पुगे त मुम्बई ? उनको साथीको कारण । उनि भन्छन् ,’मलाइ साथीभाईले नै एक्सन राम्रो गर्छ त प्रयास गर भने । त्यसपछि मैले मुम्बई गएर प्रशिक्षण लिए ।’ मुम्बईमा स्ट्रगल गरेका निखिल बेलाबखतमा घर आउथे । उनि काठमान्डौमा बस्ने घरमै पवन मैनाली पनि थिए । दुवै सर्लाहीकै भएकोले सामान्य चिनजान थियो नै । निखिलले एक्सनमा गरिरहेको मेहनत देखेर पवनले भनेका थिए ,’मैले फिल्म बनाए भने तिमीलाई लिन्छु किनकी तिमी एक्सनमा निकै मेहनती छौँ ।’ मुम्बईमा रहदा अचानक एकदिन निखिललाई पवनले फिल्म गर्ने अफर गरे ।

उनि नेपालमा आएर फिल्म गर्नु ठुलो कुरा थिएन , किनकी उनले नोटिस हुन् फरक गर्नु पर्थ्यो । साथै , उनले एक्सनमा गर्न खोजेको काम पर्दामा देखिनु पर्थ्यो । पिंजडा गर्नु अगाडी नै उनले बलिउड तथा साउथका केहि फिल्ममा प्राविधिकको रुपमा अनुभव संगालिसकेका थिए । ‘त्यो बेला केहि नयाँ गर्ने प्रयास गरेको हुँ , त्यसका लागि मेहनत गरेको हुँ’ निखिल भन्छन् ,’प्रत्येक फिल्ममा केहि नयाँ एक्सन गरौँ भन्ने लाग्थ्यो त्यसक्रममा धेरै घाइते भएको छु ।’ उनकै भाषामा भन्ने हो भने नभाचिएको कुनै हड्डी छैन ।

जब पिंजडा हुँदै मायाको जाल , शिवशक्ति , कर्तव्य , कुरुक्षेत्र लगायतका फिल्म आए निखिलको व्यस्तता बढ्यो । उनले एक्सनकै लागि पनि फिल्म गर्न थाले । उनले विस्तारै गुणस्तरीयता भन्दा पनि संख्यमा ध्यान दिए । ‘त्यो बाध्यता थियो । किनकी मैले आफुलाई निकै मेहनतले त्यहाँसम्म पुर्याएको थिए । अनि मेरो सानो उपस्थितिले कुनै निर्माताको लगानी सुरक्षित हुन्छ भने त्यो गर्नु मेरो कर्तव्य थियो’ निखिलले भने । यद्दपी पछिल्लो समय उनले क्वालिटीमा ध्यान दिन थालेका छन् ।

आफु पहिलोपटक निर्माता बनेको फिल्म ‘सावधान’ मा तात्कालिन समयमा उनले एक्सनमा केहि फरकपना ल्याएका थिए । गीतको लागि भिएफएक्स गरिएको थियो । त्यो समयमा उनले फिल्मको काम भिएफएक्स तर द्वन्दको तार मेटाउने लगायतको प्राविधिक काम अष्ट्रेलियामा गराएका थिए । उनले निर्देशनमा डेब्यु गरेको फिल्म ‘भैरव’ को सिक्वेल बनाउने तयारीमा छन् । यसपटक उनि फिल्ममा उपत्यकामा हुने अपराधिक क्रियाकपाललाई देखाउने तयारीमा छन् । उनले नेपाल प्रहरीलाई हिरो बनाएर फिल्म बनाउन लागेका हुन् । (इभिनिङ गफ विथ नरेशमा गरिएको कुराकानीमा आधारित)

कमेन्ट गर्नुहोस्