निर्देशक भट्टराई भन्छन्,’सफलताले मेहनती बनाउँछ’

फिल्म । मोफसलमा दर्शक भेटघाट गरिरहेको ‘महापुरूष’ टिमले बुधवार चलचित्र पत्रकार संघ नेपालको दाङ शाखाले आयोजना गरेको कार्यक्रममा साक्षात्कार गरेका छन् । लेखक तथा निर्देशक प्रदीप भट्टराई, कार्यकारी निर्मातासँगै कलाकार समेत रहेका रवीन्द्र सिंह बानियाँ, कलाकार राजाराम पौडेल, नव नायक अरुण क्षेत्री, नव नायिका अञ्जना बराईली र पव्लिसिटी डिजाइनर रोयल भीमसेनले आयोजित कार्यक्रममा सहभागिता जनाएका थिएँ ।

निर्देशक भट्टराईले सफलताले फिल्मकर्मीलाई दायित्व बढाउने बताए । ‘सफल हुँदै जादा दर्शक मनोकांक्षा बढ्छ भने हामीले पनि अघिल्लो भन्दा स्तरीय काम गर्ने दायित्व थपिन्छ । चौथो फिल्म महापुरूषलाई समीक्षात्मक र व्यसायिक सफलता मिलिरहदा आउँदो समयमा झनै मेहनत आवश्यक छ’, निर्देशक भट्टराईले भने । उनले कार्यक्रममा नव प्रस्तुती दुवै कलाकारको उज्वल भविष्यको कामना गर्दै कामको चर्चा गरे । ‘आउँदो समयमा अरुण स्टार बन्नेछन् भन्नेमा दुईमत छैन । छिटै उनको डिमाण्ड बढ्ने छ । तर मेहनत यो भन्दा बढी गर्नुपर्छ’, उनले भने ।

चलचित्र पत्रकार संघ दाङ शाखा अध्यक्ष शिव पुनले ‘महापुरूष’ टिमलाई स्वागत गर्दै धन्यवाद दिएँ । शाखाका संस्थापक अध्यक्ष चेतन रेग्मीले स्वागत मन्तव्य दिदै फिल्म छायांकनको लागि समेत निम्ता गरे । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल के.सी.,रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मी,कलाकार कमल गाउँले फिल्मले उठान गरेको विषयवस्तु र सरल प्रस्तुतीको प्रसंसा गर्दै निर्माण टिमलाई धन्यवाद दिए । कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष सन्तोष के.सी.ले गरेका थिए।

कमेन्ट गर्नुहोस्