उमा बन्दै काजल

फिल्म । बलिउडमा डेब्यु गरेर साउथ इन्डियन फिल्ममा स्टार बनेकी काजल अग्रवालले विवाहपछी नयाँ फिल्म साइन गरेकी छिन् । विवाह र कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा ब्रेकमा रहेकी काजलले सुजय घोषले निर्माण गर्ने फिल्म ‘उमा’ मा अभिनय गर्ने भएकी छिन् । यसको जानकारी उनि स्वयम्ले इन्स्टा पोस्टमार्फत गराएकी छिन् ।

विवाहको पृष्ठभूमिमा बन्ने यो फिल्ममा अपरिचित ‘उमा’को आगमनसँगै घटने घटनाक्रमलाई पर्दामा देख्न पाइने बताइएको छ । यो फिल्मलाई तथागत सिंहले निर्देशन गर्नेछन् । तमिल र तेलगुसँगै हिन्दी फिल्ममा अभिनय गर्ने काजलले आफ्नो फ्यानलाइ फरक स्वाद प्राप्त हुने बताएकी छिन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्