नेपाल आइपुगे विवेक

फिल्म । बलिउड अभिनेता विवेक ओबराय बुधवार बेलुकी आफ्नो परिवारसहित नेपाल आइपुगेका छन् । नेपालकी व्यवसायी पुनम यादवको निम्तोमा नेपाल आइपुगेका विवेक दश दिनसम्म नेपालमा रहनेछन् । काठमाडौंस्थित विमानस्थलमा ढाकाटोपी लगाउदै नेपाली स्वगात पाएका अभिनेता ओबरायले नेपाल घुम्ने चाहना बल्ल पुरा भएको बताए । ‘यो मेरो पहिलो नेपाल भ्रमण हो । पशुपतिनाथ दर्शनसँगै बच्चाहरूलाई नेपाल देखाउने चाहना बल्ल पुरा हुँदैछ । मेरो बुवाआमा भने नेपाल आइसक्नु भएको छ’, विवेकले भने ।

विहिबार पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम रहेको विवेकले नेपालका पर्यटकीय थलो घुम्ने छन् । व्यवसायी यादवको अनुसार विवेक विहिबार विहान पशुपति दर्शनपछि चन्द्रागिरी घुम्ने र त्यसपछि पोखरा जाने तालिका छ । प्याराग्लाइडिङ, बन्जीजम्प, जीप फलायर गर्दै पोखरा घुम्ने योजना छ । धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको प्रसिद्ध घोरेपानी, लुम्बिनी दर्शन लगायतको कार्यक्रम तय भएको अभिनेता ओबरोय २४ डिसेम्बरमा भारत फर्कनेछन् । फिल्मसँगै विवेक पछिल्लो समय ओटीटीका लागि निर्माण भइरहेको वेब सिरिजमा समत व्यस्त हुनुहुन्छ । उहाँले अभिनय गरेको पछिल्लो सिरिज ‘धरावी बैंक’ अहिले ओटीटीमा चर्चामा छ ।

कमेन्ट गर्नुहोस्