फिल्म । पछिल्लो समय फिल्मको सिक्वेल बन्ने लहर नै चलेको छ । यसलाई ‘प्रेम संसार’ ले पनि निरन्तरता दिने भएको छ । गत मङ्सिर १३ गतेबाट प्रदर्शनमा आएको फिल्मले राजधानीका केहि हलमा ५१ औ दिन मनाएको छ । प्रदर्शनको ५१ औँ दिन पार गरेको उपलक्ष्यमा निर्माण पक्षले फिल्मको कलकार , प्राविधिक , वितरक तथा सहयोगीलाई मायाको चिनो समेत प्रदान गरेको छ ।
सोहि अवसरमा निर्माता तथा कलाकार प्रेम सोनीले सिक्वेल बनाउने घोषणा गरेका हुन् । ‘यसका केहि कलकार लिएर यसको सिक्वेल बनाउने तयारी गर्दैछौ’ उनले भने । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले मायाको चिनो वितरण गरेका थिए । फिल्मलाई रीच इन्टरटेनमेन्टले वितरण गरेको थियो । फिल्मले राम्रो व्यापार भने गर्न सकेको थिएन ।
कमेन्ट गर्नुहोस्










