सिरिज । कोरोना भाइरस (कोभिद – १९) अगावै ओटीटी प्लेटफर्मले विस्तारै दर्शकको साथ् पाउन थालेका थिए । तर , उक्त समयमा हलमा रिलिज भएका र केहि ओर्जिनल कन्टेन मात्र पाइन्थ्यो । किनकी दर्शकलाई ओटीटी प्लेटफर्मले खासै तानिसकेको थिएन । यद्दपी केहि सिरिजले भने प्लेटफर्मलाई नै चर्चामा ल्याई रहेका थिए । सैफ अलि खान र नवाजुद्दीन सिद्द्की अभिनित सेक्रेड गेम्सले नेटफ्लिक्स , अलि फजल र पंकज त्रिपाठी अभिनित मिर्जापुरले अमेजन प्राइम , कुनाल खेमु अभिनित अभयले जी फाइभ , स्वप्निल जोशी अभिनित समान्तरले एमएक्स प्लेयरलाई दर्शक माँझ अगाडी ल्यायो ।
यस्तैमा पर्छ सिरिज असुर पनि । यसले नामै नसुनेको ओटीटी प्लेटफर्म भुट सेलेक्टलाई दर्शक माँझ परिचित गरायो । विज्ञान र मिथको सम्मिश्रण गरी बनाइएको क्राइम थ्रिलर विधाको यो वेब सिरिज सन् २०२० मा रिलिज हुँदा सामाजिक सञ्जालमा तरङ ल्याउन सफल भएको थियो । सिरिजले दर्शकलाई उत्साहित मात्र बनाएण , दोस्रो भागको प्रतिक्षामा समेत राख्यो । तर , दोस्रो भागको बारेमा केहि जानकारी आएको थिएन । यद्दपी पछिल्लो समय यो सिरिज दोस्रो भागको लागि फ्लोरमा गएको छ । यसका मुख्य अभिनेता अरसद वारसीले ट्वीट गर्दै यसको जानकारी दिएका छन् ।
अरसदले यही सिरिजमार्फत ओटीटीमा डेब्यु गरेका थिए । अनुसन्धान अधिकृतको भूमिका निर्वाह गरेका अरसदलाई वरुण सोबतीले साथ दिएका थिए । सिरिजमा रिधी डोगरा, अनुप्रिया गोयन्का, शरिब हासमी आदि कलाकारले दोस्रो सिजन पनि निरन्तरता पाउनेछन् । (एजेन्सी)












