असार २९ मा ‘बगान’

फिल्म । अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको फिल्म ‘बगान’ असार २९ मा प्रदर्शन हुने भएको छ । आफ्नो कलाकारिताबाट सङ्गालेको अनुभवलाई प्रयोग गर्दै निर्देशकीय यात्राको प्रारम्भ गरेका खनालले देब्यी फिल्ममा सामाजिक विषयवस्तुलाई उठाएका छन् । उनले समाजमा दबिएको पारिवारिक विषयवस्तुलाई समाजमै चित्रण गर्ने कोसिस गरेका छन् ।

‘फिल्मले समाजलाई मार्गदर्शन पनि गर्न सक्नुपर्छ । हामीले मनोरञ्जनसँगै सामाजिक विषयलाई फिल्ममार्फत प्रस्तुत गर्दैछौँ’, निर्देशक खनालले भने । यसमा निर्देशक खनालसँगै नीर शाह, वसुन्धरा भुसाल, करिश्मा मानन्धर, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन । एकल महिलाको वेदना, छटपटी र खुसीको चाहनालाई प्रस्तुत गरिएको उक्त फिल्मलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका हुन। ।

‘हामीले निर्माण गर्ने फिल्मको प्रभावले समाज एक किसिमको जागरण ल्याउनु पर्छ भनेर यो विषय रोजेको हुँ । किनकि फिल्म समाजको ऐना मात्र नभई मार्गचित्र पनि हो’, निर्माता वाग्लेले भने । यसलाई काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्टमार्फत वितरण गर्दैछन् । ‘बगान जस्ता फिल्मलाई निर्माताबाट प्रदर्शकसम्म पुर्‍याउन पाउँदा खुसी लाग्छ’, उनले भने ।

कमेन्ट गर्नुहोस्