असोजबाट ‘डान्सिङ वीथ द स्टार नेपाल’

टिभी । कोरोना भाइरसको कारण सिर्जित अवस्थाले गर्दा नेपाल पनि निषेधाज्ञा र लकडाउनको चपेटामा रहेको छ । यद्दपी विस्तारै जनजीवन सामान्य तर्फ बढ्दै गर्दा कोरोना भाइरसको संक्रमण बढ्दो रहेकाले अन्यौल व्याप्त नै छ । यसकारण पनि अधिकांस मानिसले घरमा परिवारसँग समय बिताई रहेका छन् । नेपालमा दर्शकलाई लक्षित गर्दै डान्सिङ रियालिटी सो डान्सिङ वीथ द स्टारको नेपाली संस्करण ‘डान्सिङ वीथ द स्टार नेपाल’को प्रसारण असोज २ गतेबाट सुरु हुने भएको छ ।

यो मनोरञ्जनात्मक रियालिटी सो हरेक शुक्रबार र शनिबार साँझ ८ बजेदेखि हेर्न पाउने भएका छन् । ‘लकडाउन सुरु भएपछि केहि समय सुटिङ रोक्नुपरेको थियो’ कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले भने–‘सरकारले तय गरेको सुरक्षा मापदण्ड पालना गर्दै प्रसारणको तयारीमा जुटेका छौं ।’२६ श्रृङखलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एक एक जना प्रोफेसनल कोरियोग्राफरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिनेछन् । हरेक साता हुने भोटिङबाट एलिमिनेसन हुने छ ।

‘लकडाउनका बेला पनि सुटिङ गर्न सकिने गरी बीबीसीले बनाएको नयाँ गाइडलाइन अनुसार दर्शकबिनै हामीले सुटिङ गरेका छौं’ हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले भने,’लकडाउनकै बीचमा २७ वटा मुलुकमा डान्सिङ विथ द स्टार सुटिङ र प्रसारण भइसकेको हुँदा हामीले पनि त्यसैलाई पछ्याउँदै कार्यक्रम प्रसारण गर्दै छौं ।’

नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका र सुरक्षाका उपायसम्बन्धी गाइडलाइनको पूर्ण परिपालना गरी सुटिङ भईरहेको समेत कँडेलले प्रस्ट्याए । पहिलो सिजनमा लोक गायिका ज्योति मगर, पहिलो नेपाल आइडल बिजेता बुद्ध लामा, फुलन्देकी आमाको रुपमा चर्चित हाँस्य कलाकार उमेश राई, फेसन कोरियोग्राफर प्रशान्त ताम्राकार, पूर्व फुटबल कप्तान हरि खड्का, हाँस्य श्रृङ्खलाकी चर्चित अभिनेत्री एवं मोडल रक्षा श्रेष्ठ, नायिका सुमी मोक्तान, ब्लाइन्ड रक्स गायिका सृष्टि केसी, मधेसकी चर्चित नायिका पूजा ठाकुर, टिकटक ट्वीन स्टार दीपा–दमयन्ता र लोकप्रिय बाल नृत्य कलाकार देबयान्सी बैदबार स्टार प्रतिस्पर्धीका रुपमा सहभागी छन् ।

दर्शकहरुको भोट र निर्णायकहरुको मुल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जाने छन् । बिजेताले कुल २० लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन् ।

कमेन्ट गर्नुहोस्