के गर्दैछन् आमिर ?

फिल्म । गत वर्ष बलिउडमा खानको लागि सुखद रहेन , किनकी मास फ्यान फलोअर्स भएका यिनको फिल्मलाई दर्शकले रुचाएनन् । विशेष गरि कन्टेन्ट र बक्स अफिस दुवैमा आफ्नो क्षमता देखाउदै आएका आमिर खान पनि दर्शकको मनमा बस्न सकेनन् । उनले अभिनय गरेको फिल्म ‘ठ्ग्स अफ हिन्दुस्तान’ ले नत दर्शककै मन जित्यो नत समिक्षकको । यसै आमिरले अब के गर्छन त ? यो जिज्ञाषा सबैलाई छ । अन्तर्वार्ताको क्रममा उनले आफु पछिल्लो समय केहि कथामा काम गरिरहेको बताएका छन् ।

उनले दुई फिल्मको लागि वजन घटाउन समेत सुरु गरिसकेको समेत बताए । ‘मैले पछिल्लो समय कथा अनुसार नै आफुलाई क्यारेक्टरमा ल्याउदैछु’ उनले भने ‘यसको घोषणा यसै वर्षको अन्त्यसम्ममा हुन्छ ।’ साथै उनले हालै महाभारतमा काम समेत नगर्ने बताए । उनले अन्तर्वाताकै क्रममा त्यस्तो केहि योजना नभएको र भएमा आफुले स्वत घोषणा गर्ने बताए ।

(एजेन्सी)
कमेन्ट गर्नुहोस्