भोजपुरी स्टार पवनमाथि हमला

बलिउड । भोजपुरी फिल्मका स्टार पवन सिंह माथि हमला भएको छ । बिहारमा एक स्टेज शो मा सहभागी हुन् पुगेका पवनको गाडीमा ढुङ्गा हानिएको थियो भने उनको सदस्य टोलिका एक घाइते समेत भएका छन् । उनलाई त्यहाँबाट सुरक्षाकर्मीले बचाएका थिए । उनि माथी उनकै एक गीतलाई लिएर पब्लिक आक्रोशित भएको भारतीय मिडियामा उल्लेख छ ।

उनले केहि समय अगाडी मात्र छठ गीत सार्वजनिक गरेका थिए । हमलापछी उनको सुरक्षा बढाइएको छ , तर पवन कन्सर्ट कहिँ कतै क्यान्सिल नगर्ने बताएका छन् । उनले आफुलाई दर्शकले माया गर्ने भएकोले दर्शक समक्ष जाने बताए ।

कमेन्ट गर्नुहोस्