विनोदको नेतृत्वमा सुनसरीमा शाखा

फिल्म । चलचित्र पत्रकार संघ, नेपालले पछिल्लो समय शाखा विस्तार गरिरहेको छ । यसैक्रममा सुनसरीमा शाखा गठन भएको छ । सुनसरीमा रहेर रङ्ग क्षेत्रमा विभिन्न माध्यममा रहेर पत्रकारिता गर्दै आइरहेका पत्रकारहरु संगठित हुँदै शाख गठन गरिएको हो । बुधबार हार्ट एफएम धरानका कार्यक्रम संयोजक विनोद विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय समिती गठन गरिएको हो ।

कार्य समितीको उपाध्यक्षमा मनोज दाहाल, सचिवमा सुमन भट्टराई, सह–सचिवमा शरु थापामगर, कोषाध्यक्षमा सविन बान्तवा चयन भएका छन् । यस्तै, सदस्यहरुमा नरेन कुलुङ, रविन राउत, आर.बी कट्वाल, राजकुमार खाती, प्रशान्त पुरी, सुप्रिया राई छन् ।

समितीको बाँकी सदस्य र सल्लाहाकारहरुको चयन कार्यसमितीको पहिलो वैठकपछि तय गर्ने निर्णय गरिएको छ । चलचित्र पत्रकार संघ, नेपालको सुनसरी सहित ९ शाखा पुगेको छ ।

कमेन्ट गर्नुहोस्