फिल्म । फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली चलचित्र ‘दुई कदम’ र ‘जम्प’ को प्रदर्शन सुरू गरिएको छ । दुई फरक विधामा आधारित चलचित्रले दर्शकको साथ् पाउने विश्वास निर्माण पक्षको छ । पुराना निर्देशक उदय सुब्बाद्वारा निर्देशित चलचित्र ‘दुई कदम’ पारिवारिक प्रेम कथामा आधारित भनिएको छ । विशेषत यसै चलचित्रमार्फत अभिनयमा डेब्यु गरेका अभिनेता इओन लिम्बु र अभिनेत्री सिमोन गिरीकै वरपर कथा केन्द्रीत छ ।
चलचित्रमा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा, गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू लगायतक कलाकारले अभिनय गरेका छन् ।
चलचित्रमा दयाराम घिमिरेले पटकथा लेखन, विक्रम डिसीले छायाङ्कन, रामजी लामिछाने र कविराज गहतराजले नृत्य निर्देशन, ताराप्रकाश लिम्बू, आशीष अविरल र विकास चौधरीले सङ्गीत सिर्जना, राजु किरातीले द्वन्द्व निर्देशन गरेका छन ।
आजदेखि नै प्रदर्शन गरिएको चलचित्र ‘जम्प’ लाई बनिरहेको भन्दा भिन्न भनिएको छ । निर्देशक आशुतोषध्वज कार्कीले मनोवैज्ञानिक विधामा आधारित रहेर चलचित्र तयार गरिएको बताए ।
यसमा सरोज श्रेष्ठ, बिनिता थापामगर, सन्देश शाक्य, सगुन तामाङ, मन्जिल जिसी, शंकर महर्जन, एन्जेलिका खत्री, अरोष्मा रन्जित, प्रज्वल खँडेल, सुदिप भुषाल, इलिस विष्ट लगायतका कलाकारको अभिनय रहेको छ ।











