‘हामी उठ्ने छौं’

167 Shares

फिल्म । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) को कारण फिल्मी क्षेत्र ठप्प नै छ । कोरोन भाइरसको महामारीबाट अन्य क्षेत्र विस्तारै उठ्न खोज्दै गरेता पनि मनोरंजनको क्षेत्र मानिने फिल्मनगरी भने अझै कसरी खोल्ने भन्ने सोचकै विषयमा छ । फिल्मनगरी अब पहिलेको अवस्थामा कसरि आउला ? भन्ने बहस पनि भइरहेका नै छन् ।

यसै सन्दर्भमा निर्देशक नवल नेपालले अघिल्ला विपति झैँ यसबाट पनि उठ्ने विश्वास व्यक्त गरेका छन् । फिल्म ‘श्रीमान’ मार्फत निर्देशनमा पाइला टेकेका नवलले सामाजिक संजाल मार्फत विक्रम संवत २०५८ , ०६२\०६३ र ०७२ को भुकम्पपछिको अवस्थालाई फर्केर हेर्न आग्रह गर्दै यो अवस्थाबाट पनि आपसी हातेमालोले अगाडी बढ्ने विश्वास व्यक्त गरेका छन् । ‘ढिलोचाडो सामुहिक हातेमालोले हामी तंग्रिने छौं । किनकी घाइते रहदा पनि युद्दगर्ने कला र आदत हामीसंग छ। संकल्प गरौ,…हामी उठ्ने छौ’ नवलले सामाजिक सञ्जालमा लेखेका छन् ।

कमेन्ट गर्नुहोस्