फिल्म । करण जोहरको निर्माण रहेको फिल्म ‘कलंक’ को टिजर सार्वजनिक भएको छ । फिल्मको कलाकारको लुक्स सार्वजनिक गर्दै ल्याइएको टिजरले हाईप बढाउनेमा निर्माण टिम विश्वस्त छन् । बलिउडका चतुर निर्माता र निर्देशकको ट्याग पाएका करणले फिल्मको सार्वजनिक टिजरमा भव्यता देखाएका छन् । संजय दत्त , माधुरी दीक्षित , वरुण धवन , आलिया भट्ट , सोनाक्षी सिन्हा, सिद्धार्थ रोय कपूर लगायतका कलाकार अभिनित फिल्मलाइ एक्सन जनरमा राखिएको छ । अभिषेक वर्मनको लेखन तथा निर्देशनमा तयार भएको फिल्मलाइ पिरियड ड्रामा भनिएको छ । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











