सुशील र प्रशान्तको टसल (रणवीर टिजर रिलिज )

फिल्म । रणवीर फिल्मको टिजर सार्वजानिक भएको छ । माघ १८ मा रिलिज हुने फिल्मले मोसन पोष्टर र पोष्टर सार्वजनिक गरेपछि टिजर सार्वजनिक गरेको हो । सार्वजनिक टिजरमा फिल्मका दुई कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकार बीचको टसल देखाइएको छ । अघिल्ला फिल्मको तुलनामा सुशील यसमा फेरिएका छन् । उनले शारीरिकरुपमा पनि आफुलाई परिवर्तन गरेको पाइन्छ । ‘फिल्मको पात्र अनुसारनै मैले आफुलाई परिवर्तन गरेको छु’ सुशील भन्छन ‘मैले शारीरिकरुपमा गरेको परिवर्तनलाई भिडियो सामग्रीले प्रस्ट्याउदै जानेछ ।’

फिल्ममा प्रशान्त नेगेटिभ क्यारेक्टरमा देखिएका छन् । एक्सन जनरको फिल्मको टिजरमा यी दुई बीचकै टसल र बदलाको भावनालाई चित्रण गरिएको छ । ‘ऐश्वर्यपछी छायाँकन गरेको फिल्म हो , रणवीर’ प्रशान्त भन्छन ‘फिल्ममा काम गर्दै गर्दा मैले आफ्नो अभिनय क्षमता समेत थाह पाएको थिए ।’ महङ्गो बजेटमा तयार भएको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् ।

यसमा कथा , पटकथा , संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा सुशील र प्रशान्तसँगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । पछिल्लो समय लभ स्टोरी र कमेडी शैलीका फिल्म आइरहेका बेला रणवीर भने एक्सन र थ्रिलले भरिपूर्ण छ ।

कमेन्ट गर्नुहोस्