‘बौद्धिकता बोकेको ब्यापारी निर्माता हो’ अध्यक्ष अधिकारी

फिल्म । गत वर्ष लगभग ९६ को हाराहारीमा फिल्म प्रदर्शनमा आए । जस मध्य हलबाट ४ फिल्मले मात्र लगानी उठाउन सफल भए । छक्का पञ्जा ३ , जय भोले , ए मेरो हजुर ३ र नाइ नभन्नु ल ५ बाहेक अन्य फिल्मले हलकै कलेक्सनले निर्माताको लगानी सुरक्षित गराउन सकेनन । केहि आश गरिएका फिल्मले पनि दर्शकका साथ् पाएनन् भने अधिकांस फिल्मले दर्शकलाई तान्न नै सकेनन् । फिल्म नै राम्रो नबनेकोले लगानी उठाउनु नसकेको केहि फिल्मकर्मी भन्छन् ।

अघिल्लो वर्षसँगै केहि समीक्षात्मक विषयमा चलचित्र पत्रकार संघको आयोजनामा गरिएको बहसमा चलचित्र निर्माता संघका अध्यक्षले अज्ञानताको कमि भनेका छन् । ‘पछिल्लो समय फिल्म निर्माण गर्न आउनु हुन्छ तर फिल्मको बारेमानै थाहा हुदैन’ उनले भने ‘फिल्म बनाउँदै हुनुहुन्छ भने अन्य ब्यबसाय झैँ बुझ्नुस अनि आउनुस ।’ उनले निर्मातालाई बौद्धिकता बोकेको ब्यापारीको रुपमा परिभाषित गरे । निर्माताले कस्तो फिल्म बनाउने , समाजलाई कस्तो कथा देखाउने सबै ज्ञान बोकेर आउनु पछ उनले भने ।

किनकी पछिल्लो समय नबुझी फिल्ममा लगानी गर्ने क्रम बढ्दो छ , यसमा अध्यक्ष अधिकारी ‘एजेन्ट’ लाइ दोस दिन्छन् । ‘चलेका फिल्मको उदाहरण दिएर केहि एजेन्टले लगानी कर्ता फसाउने गरेका छन्’ अधिकारी भन्छन् ‘ति लगानी कर्ता पनि कहिँ कतै नबुझी आउनु हुन्छ र फिल्म रिलिजपछी कहिले लगानी नगर्ने भन्दै फर्किनु हुन्छ ।’ हुन् त पछिल्लो समय फिल्मको लगानी पनि बजार भन्दा बढी नै छ । न्युनतम डेढ करोड लाग्ने गरेको छ , फिल्म निर्माणमा । यसमा पनि निर्माता निराधार हल्ला भन्छन ।

‘कलाकारले पारिश्रमिक बढी लिन्छ भनेपछी त्यसको प्रभाव सबैमा पर्छ तर कुनै कलाकारले मिडिया पाएको भनिएको पारिश्रमिक ट्याक्स तिरेका छन् ?’ अध्यक्ष अधिकारीले प्रतिप्रश्न गर्दै भने ‘हामीले निराधार हल्ला फैल्याउनु हुदैन , यसमा पत्रकार पनि सचेत हुनुपर्छ ।’ त्यसो त पछिल्लो समय कलाकारले ५० लाख सम्म बुझेको खबर मिडियामा आउने गरेका छन् भने फिल्मले करोडौ कमाएको तर ट्याक्स तिरेको रसिद भने कसैले देखाउन सक्दैनन् । यसैगरी वितरकले नो रिक्समा फिल्म चलाउदा दायित्व बहन नगरेको समेत उनले बताए ।

‘हामीले वितरक र निर्माता बीच तथा निर्माता र प्रदर्शन बीच सम्झौता गर्ने सहमति गरेका छौ तर त्यसलाई न्यून संख्यामा पालना गर्नु भएको छ’ उनले भने ‘वितरकले विना लगानी फिल्म पाउँदा आउने कमिसनमा मात्र निर्भर हुन्छन् , त्यसैले प्रदर्शनका विविध पक्षमा ध्यान दिदैनन् ।’ समहती अनुसार हलमा पोष्टर पुर्याउने , ट्रेलर बजाउने र हलसँग एग्रीमेन्ट गर्ने लगायतका दायित्व वितरक हो । तर , वितरकले यसलाई अक्षरस पालना गरेको कमै पाइन्छ । साथै उनले हलमा दर्शकले फिल्मलाई राम्रो क्वालिटीमा हेर्न पाउने पर्नेमा जोड दिए । ‘हामीले प्रविधिमा फड्को मरिसक्यौ तर त्यहि क्वालिटी हलसम्म पुग्दैन’ उनले हललाई अपग्रेड गर्नु पर्ने औल्याउदै यसमा चलचित्र बिकास बोर्डलाई पनि प्रभावारी भूमिका खेल्न आग्रह गरे ।

राजधानीकै गोपीकृष्ण , अष्टनारायण पिक्चर्स , गुण सिनेमा , गङ्गा लगायतका ठुला हलमा दर्शकले पाउनु पर्ने सुविधा हरेक पर्दामा छैनन् । यी मध्येका केहि हलमा पर्दामा कलाकार पनि क्लियर बुझिन्दैन । जसलाई सम्बन्धित हल संचालकले सुधार गर्ने पर्न्ने जरुरि छ भने दर्शकले खर्चेको पैसा र समयको सदुपयोगिताको निमित चलचित्र विकास बोर्डले पनि मापदण्ड अनुसार सेवा सुविधा उपलब्ध गराउनु पर्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्