‘मलाई मातृभूमिमा पहिचान बनाउनु छ’ निरिशा

225 Shares

फिल्म । प्रचारप्रसारको क्रममा रहेको फिल्म ‘जानी नजानी’ यूनिट मोफसल टुरमा रहेको छ । मोफसल टुर अन्तर्गत फिल्म युनिटले चितवनमा पत्रकार सम्मेलन गर्दै फिल्मको बारेमा जानकारी गराएको छ । ‘फिल्मले प्रेम कथासँगै दायित्व बोध पनि गराउछ’ फिल्म प्रोमासनका लागि चितवन आइपुगेका मनिषले भने ‘म आफैले पनि धेरै नै सकारात्मक प्रतिक्रिया बटुलिरहेको फिल्म हो , जानी नजानी ।’

मनिषझैँ निरिशा पनि फिल्मलाई लिएर विश्वत छिन । ‘मलाइ धेरैले भारतबाट नेपाल आएर किन काम गर्यौ भन्नु हुन्छ तर म मेरो मातृभूमिमा पनि पहिचान बनाउन चाहन्छु’ निरिशा भन्छिन् ‘फिल्म हेर्ने दर्शकलाइ यसले निराश बनाउदैन ।’ उनि भारतमा स्टार प्लसबाट प्रशारण भएको सिरियल ‘चन्द्रनन्दनी’ मा टाइटल रोल प्ले गरेकिसकेकी छिन । यसैगरी प्रस्तुतकर्ता तथा कलाकार रोशनी केसी पनि फिल्मले राष्ट्रियतालाई समेत बोकेको बताइन । ‘हामीले कमार्सियल फ्याक्टरसँगै ढाकाको सब्जेक्टले युवालाई जोड्ने कोसिस गरेका छौ’ उनले भनिन् ‘यसले दायित्व बोध गराउछ , पारिवारीकसँगै प्रेमी र राष्ट्रियताको पनि ।’उनले यस अघि डाक्टर खाते फिल्म निर्माण गरिसकेकी छिन , जसले अन्तराष्ट्रियस्तरमा थुप्रै अवार्ड प्राप्त गर्नुका साथै आफ्नो उपस्थिति समेत जनाएको थियो ।

फिल्ममा छायाँकन संजय लामाको रहेको छ भने यसमा संगीत अर्जुन पोखरेलले दिएका छन् । फिल्ममा कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ भने यसको सार्वजनिक फस्टलुक पोष्टरलाई कलर ब्लाइन्डले तयार परेको हो । फिल्ममा अर्जुन जिसीको सम्पादन , बसन्त घर्ति मगरको भीएफएक्स रहेको छ भने यसको कलरिस्ट रेनिश फागो हुन् । रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । फिल्ममा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।

Facebook Comments