सलमानको ‘नोटबुक’ मा दुई नयाँ अनुहार

फिल्म । अभिनेता सलमान खान बलिउडमा कयौको गडफादरको रुपमा परिचित छन् । उनले थुप्रै नयाँ अनुहारलाई डेब्यु गराईसकेका छन् । फिल्म ‘हिरो’ मार्फत आदित्य पंचोलीको छोरा सुरज पंचोली र सुनिल शेट्टीको छोरी आथिया शेट्टीलाई बलिउडमा डेब्यु गराएका सलमानले पछिल्लो फिल्म ‘लभ यात्री’ मार्फत आफ्नै ज्वाई आयुष शर्मासँग वारिना हुसैनलाई डेब्यु गराए ।

यिनै सलमानको प्रोडक्सनमा निर्माण हुने नयाँ फिल्म ‘नोटबुक’ मार्फत पनि दुई नयाँ अनुहार बलिउडमा डेब्यु गराउदैछन । यसफिल्ममा उनले आफ्नो बाल्यकालको साथी इकवालको छोरा जहिर इकवाललाई एक्टरमा डेब्यु गर्दैछन् भने अर्का साथी मोहनिश बहलकी छोरी प्रणुतन बहललाई डेब्यु गराउदैछन् । सलमानले ट्विट गर्दै फिल्मको बारेमा जानकारी दिएका हुन् । यसलाई नितिन ककड़ले निर्देशन गर्नेछन् भने यसलाई दर्शकले २९ मार्च २०१९ मा हेर्न पाउनेछन् ।

कमेन्ट गर्नुहोस्