जन्मदिनमा ‘फस्ट लुक’

फिल्म । गत वर्ष भारतीय वक्सअफिसमा शाहरूख खानको ‘जिरो’लाई टक्कर दिदैं सय करोड भारूको कमाइ गर्न सफल फिल्म हो ‘केजिएफ’ । सार्वजनिक ट्रेलरले नै फिल्मको हाइप बढाएको थियो । सोचीए अनुसार नै यसले रिलिज पश्चात ‘जिरो’ लाई हराउदै अगाडी बढ्यो । यसै फिल्मको दोश्रो तथा अन्तिम सिक्वलमा ‘अधिरा’ को क्यारेक्टरमा छन् संजय दत्त ।

निर्माण पक्षले उनको जन्मोत्सवमा उनको लुक्स सार्वजनिक गरेको छ । यसमा उनि खलनायकको भूमिकामा छन् । फिल्मलाई प्रतिक्षा गरिरहेका फ्यानलाई एक झल्क नै काफी छ । प्रशान्त निल निर्देशित यस कन्नड फिल्ममा यश प्रमूख भूमिकामा रहेका छन् । हिन्दी डब संस्करणमा मात्रै सय करोड भारूको कारोबार गरेको यस फिल्मले सबै संस्करणबाट करिब २५० करोड भारूको कारोबार गरेको थियो ।

कमेन्ट गर्नुहोस्