एभरेष्ट फिल्म अवार्ड अपडेट : फिल्म हेर्ने कार्य अन्तिम चरणमा

फिल्म । पछिल्लो समय नेपाली फिल्म तथा गीतसंगीतसँग जोडिएका कार्यक्रमसँगै अवार्ड पनि विदेशी भूमिमा हुने गरेका छन् । यसकिसिमको गतिविधिले नेपाली फिल्मलाई प्रवद्धनमा टेवा पुर्याउने बुझिएको छ । यसै शिलशिलामा हङकङमा सन् २०१९ को जुनमा एभरेष्ट इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडको आयोजनामा हुन लागेको ‘एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड २०१९’ का लागि यतिबेला फिल्म हेर्ने कार्य धमाधम भइरहेको छ । राजधानी स्थित एभरेष्ट फिल्म एकेडेमीमा फिल्म हेर्ने कार्य भइरहेको छ ।

अवार्ड घोषणा समारोहमा नै बताइएको जुरी संयोजक सुनिल थापाले दर्ता भएका फिल्म हेरिरहेका छन् । उनको नेतृत्वको टिमले फिल्म हेरिसकेपछि टप ५ सार्वजनिक गर्नेछ । अवार्डका लागि नेपालको इभेन्ट सम्हालिरहेको संगिक्षा फिल्म्सका मनोज केसीले फिल्म हेर्ने कार्य अन्तिम चरणमा रहेको बताएका छन् । ‘हामी कहाँ दर्ता हुन् आएका फिल्म हेर्ने कार्य लगभग अन्तिम चरणमा छ’ उनले भने ‘सन् २०१८ का उत्कृष्ट फिल्म मध्यबाट सर्वोत्कृष्टको चयन गर्नेछौ ।’

अवार्डमा २० विधामा पपुलर अवार्ड प्रदान गरिनेछ, जसमा तिन विधा आदिवासी फिल्मको पनि रहनेछन् । यसका साथै एक फिल्मकर्मीलाई लाइफ टाइम अचिभमेन्टद्वारा सम्मान पनि गरिनेछ । तिन हजार पाच सय दर्शक क्षमता भएको हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’मा यो अवार्ड आयोजना हुनेछ । पपुलर अवार्ड भएकाले यसको अन्तिम निर्णय पपुल्यारिटीसँगै जुरीमा समेत रहनेछ । यहि मार्चमा अवार्ड हुने डेट र टप ५ को नोमिनेशन सार्वजनिक गरिनेछ ।

अवार्डको लागि हङकङ आयोजक टिमको रुपमा स्थानीय वकिल तथा विजनेसम्यान गौरव बम ठकुरी ,मिस नेपाल हङकङ सोसाइटी र बडीबिल्डिङ एसोसिएसन हङकङका अध्यक्ष लोकराज लिम्बु, मिस नेपाल हङकङ सोसाइटीकि उपाध्यक्ष लिलेश्वरी खड्का, योगा ट्रेनर तथा बिजनेसम्यान सञ्जु भट्ट , मिस नेपाल हङकङ सोसाइटीकि कोर्डीनेटर शान्ति नेपाली , मिस नेपाल हङकङ सोसाइटी सेक्रेटरी मनिष लिम्बु , लक्ष्मी चन्द , सुयोग शाक्य , रेवती खड्का , रोशनी श्रेष्ठ , रेविका राइ , विष्णु पुन र राकेश लिम्बु रहेका छन् ।

यो टिम अन्तर्गतको एभरेष्ट इन्टरटेनमेन्टले हङकङको सम्पूर्ण व्यवस्था हेर्नेछ भने नेपालमा संगीक्षा फिल्म्स प्रालिको तर्फबाट अध्यक्ष मनोज केसीले अवार्ड कार्यक्रम कोर्डिनेट गर्नेछन् भने यसलाई सञ्चारकर्मी नरेश भट्टराईले संयोजन गर्नेछन् । नेपालबाट ६० जना कलाकार, प्राविधिक, पत्रकारको टोली अवार्डमा सहभागी हुनेछन् भने यसको सम्पूर्ण खर्च आयोजकले नै बेहोर्नेछ ।

कमेन्ट गर्नुहोस्