शाहरुख डन नबन्ने

51 Shares

फिल्म । अन्तत फिल्म ‘डन’ को तेस्रो सिरिजसँग जोडिएको खबर बाहिर आएको छ । यसको दुइ सिरिजमा देखिएका शाहरुख खानले यसको फाइनल च्याप्टरमा देखिन् अस्विकार गरेका छन् । पछिल्लो समय बि-टाउनबाट बाहिरिएको खबरलाइ आधार मान्ने हो भने फिल्मको लागि निर्मातालाइ शाहरुखले नो भनिसकेका छन् । कारण , फरहान अख्तर पनि हुन् सक्छन ।

किनकी उनले शाहरुखको पछिल्लो रिलिज फिल्म ‘जिरो’ सँग साउथ इण्डियन फिल्म ‘केजीएफ’ सँगै प्रदर्शनमा ल्याएका थिए । त्यसपछि शाहरुखको सम्बन्ध केहि चिसिएको हो । पछिल्लो समय निर्माता अब नयाँ डनको खोजिमा छन् । नयाँ अनुहार हुने भएपछी यो फाइनल च्याप्टर पनि नहुने भएको छ । भारतीय मिडियामा आएको खबरलाई आधार मान्ने हो भने फिल्ममा डन बन्नको लागि रणवीर सिंहलाई अफर गरिएको छ ।

रणवीर पनि यस अफरमा पोजेटिभ नै छन् । पछिल्लो समय एक्सेल इन्टरटेनमेन्टको ब्यानरमा दिल धड्कने दो र गल्ली ब्वाई जस्ता फिल्ममा काम गरिसकेका रणवीरले आफुलाई डन बनाउने अभ्यास पनि थालिसकेका छन् । फिल्मलाई फरहान अख्तरले निर्देशन गर्नेछन् ।

(एजेन्सी)

Facebook Comments