‘दाल भात तरकारी’ ले देखाएको हिम्मत

फिल्म । पछिल्लो समय नेपालमा विदेशी फिल्म भन्दा नेपाली फिल्मले दर्शकको माया पाउन थालेको छ । यसवर्ष बलिउडका ठुला फिल्म भन्दा नेपाली फिल्मले नै दर्शकको माया पाएका छन् । गत मङ्सिर २१ देखि प्रदर्शनरत फिल्म ‘प्रसाद’ ले दर्शकको माया पाइरहेको छ । तर यो फिल्मको रिलिज अगाडी साउथ एसियाकै महँगो फिल्म ‘२.०’ रिलिज भएको थियो । त्यसपछी बलिउडको ठुलो फिल्म ‘जिरो’ रिलिज भयो । तर यी फिल्म जुन मूल्यमा नेपाल ल्याइयो , वितरकलाई घाटा नै छ ।

विस्तारै नेपालमा नेपाली फिल्मले नै दर्शकको माया पाइरहेको छ । त्यसो त विदेशी ठुला फिल्म हुदा हल संचालकले नेपाली फिल्मलाई शो नै नदिनु पनि नेपाली निर्माताले हिम्मत गर्न नसक्नु । गत क्रिसमसलाई टार्गेट गर्दै डिसेम्बर २१ मा यश अभिनित फिल्म ‘केजीएफ’ रिलिज गरियो । त्यस समयमा बलिउडको बिग रिलिज शाहरुख खान अभिनित तथा निर्मित जिरो पनि थियो । सबैले यशलाई अन्तर्वार्ताको क्रममा सोधिरहेका थिए , किन एसआरकेसँग भिडेको तर उनको जवाफ एउटै थियो ।

उनले भनिरहेका थिए ‘हाम्रो चाडलाई हाम्रो आफ्नै फिल्म चाहिन्छ , एसआरकेको फिल्म बलिउडको लागि मात्र हो’ यशको यो जवाफले हामीलाई धेरै सिकाउनु पर्ने हो । तर हामी ठुलो डेट विदेशी फिल्मलाई राख्छौ , यसले गर्दा विदेशी फिल्म मार्फत ठुलो रकम बाहिर जान्छ । तर बैशाखको दोस्रो साता फिल्म ‘दाल भात तरकारी’ आउदैछ । त्यहि डेटमा हलिउडको मार्भल स्टुडियोको हिट सिरिज ‘एवेन्जर्स : इन्ड गेम’ पनि प्रदर्शनमा आउदैछ । अघिल्लो पटक पनि एवेन्जर्सले राम्रो ब्यापार गरेको थियो किनकी ठुला ब्यानरका नेपाली फिल्मले भिड्ने हिम्मत गरेनन् ।

कलाकार हुदै निर्मात्री बनेकी केकी अधिकारीले आफ्नो फिल्म ‘कोहलपुर एक्सप्रेस’ सो डेटमा लगाइन तर उनको फिल्मले धेरै दर्शक तान्न सकेन । तर पनि उनको फिल्मको कलेक्सन १ करोड ४० लाखको हाराहारीमा रहेको बुझिएको छ । यस वर्ष भने सो डेटमा दाल भात तरकारीले रिलिजको घोषणा गरिसकेको छ । शत्रु गतेको सफलतापछी मह सञ्चार तथा किरण केसीको संयुक्त निर्माण रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य , निरुता सिंह , किरण केसी , शिवहरी पौडेल , बर्षा राउत , आँचल शर्मा , पुष्प खड्का , विल्सन विक्रम राइ , बसुन्धरा भुषाल , राजाराम पौडेल लगायतको अभिनय रहेको छ । यसपटक यसफिल्मले वितरक मार्फत राम्रो रिलिज गर्न सक्यो भने नेपाली फिल्मका लागि हलिउड फिल्मको खतरा टर्दै जानेमा दुई मत छैन ।

यसकारण विदेशी फिल्मसँग डराउछन निर्माता

हलिउड तथा बलिउडका ठुला फिल्मलाई नेपालमा फिक्समा खरिद गर्ने गरिन्छ । केहि वितरक आफैले सम्पूर्ण रकम चुक्ता गरेर खरिद गर्छन भने केहिले हल संचालकलाई पनि हिस्सेदार बनाउछन । हल संचालकको पनि फिल्ममा पैसा लगानी भएको अवस्थामा उनीहरुले प्राइम टाइम शो र बढी शो आफ्नो लगानी भएको फिल्मलाई नै प्रदान गर्नेगर्छन । यसले गर्दा नेपाली फिल्मले कम शो मात्र पाउदैन , पायक नपर्ने समयको शो पाइरहेको हुन्छ ।

फलस्वरूप , नेपाली फिल्मले अकुपेन्सी पर्याप्त पाउदैन । हलसंचालकले नेपाली फिल्मलाई बलिउड र हलिउडका ठुला रिलिजको समयमा राम्रो शो दिने हो भने उनीहरुलाई फाइदा नै छ । विदेशी फिल्मले नेपाली बजारमा दर्शकको साथ् कम पाउने क्रम बढ्यो भने विदेशी फिल्म सस्तो मै भित्रिन्छ , नेपाल । तर अवस्था भने उल्टो छ विदेशी फिल्म भनिएको मुल्यमा अग्रीम पैसा दिएर ल्याउने वितरकले नेपाली फिल्मलाई त्यति धेरै चाख दिएको पाइन्दैन ।

कमेन्ट गर्नुहोस्