‘मुम्बईमा रहेता पनि नेपाली फिल्म भुल्न सक्दिन’

फिल्म । अदिति बुढाथोकी परिचित नाम बनिसकेको छ । छिमेकि मुलुक भारतको मुम्बईमा मोडलिङ गरिरहेकी उनले केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् । नेपालमा ‘कृ’ मार्फत नायिका बनेकी उनले दोस्रो फिल्म ‘बाबरी’ मा अभिनय गरिन् । यही फिल्म दशैँको छेकोमा असोज १४ बाट प्रदर्शन हुँदैछ । फिल्ममा उनीसँगै धिरज मगर र धिरज नाडकर लिड रोलमा छन् । सार्वजनिक गीत र ट्रेलरलाई दर्शकले रुचाएकै कारण यसले राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।

मुम्बईमा बसेर मोडलिङ गरिरहेकी अदितिले सुरुवात नेपालमै गरेकी थिइन् । परिवार र शिक्षकको सल्लाहमा उनले विज्ञापनमा काम गरिन्। थुप्रै पत्रिकामा उनको नाम र फोटो छापियो। त्यसपछि अदितिलाई मुम्बईबाट ‘मायालु नुडल्स’मा मोडलिङ गर्ने अफर आयो। त्यसलगत्तै एक एजेन्सीले एग्रिमेन्टका लागि बोलायो। उक्त कम्पनिसँग एग्रीमेन्ट भएदेखि उनको सक्रियता मोडलिङमा बढेको हो ।

‘कृ गरेपछि अभिनयमा सौख बढेको हो । मैले जहाँ अभिनय गर्न पाउँछु , त्यहिँ गर्छु’ उनले भनिन् । त्यसैले उनी मुम्बईसँगै नेपालमा समेत काम गरिरहेकी छिन् । उनले मुम्बई पुगेर धेरै संघर्ष गर्नुपरेन । उनले निर्वाह गरेको क्यारेक्टर गाउँले युवतीको हो । यद्दपि काठमाडौंमा पढाई सकेर गाउँ फर्किएकी हुन् । वर्कशपमा धेरै अभ्यास भएको र आफूले पनि क्यारेक्टरमा डुब्न मेहनत गरेको उनी बताउँछिन् । क्यारेक्टर रियल अदितिभन्दा ठीक उल्टो छ । ‘म र बाबरीमा केही सिमिलर छैन । म एकदमै समझदार छु । उ जिद्धी छे’ उनले भनिन् ।

उनले विजेता बन्न वर्कशपसँगै लेटाङ पुगेर स्थानीयलाई अध्यन पनि गरिन् । उनको दोस्रो फिल्ममा निर्देशक सुरेन्द्र पौडेलनै छन् । यसले उनलाई सहयोग नै गरेको छ । ‘उहाँको विश्वासले पनि मलाई सपोर्ट गरेको छ । नयाँलाई कसरी काम गराउने भन्ने उहाँलाई थाहा छ’ उनले भनिन् । उनले ‘कृ’ को ग्याप पश्चात दोस्रो फिल्म ‘बाबरी’ गर्नुको कारण नै यहिँ हो । उनले नेपालमा धेरै मेकर्स नचिन्ने भएकोले पनि सेलेक्टेड भएकी हुन् ।

त्यसो त उनको वर्किङ कल्चर मुम्बईको पनि छ । उनलाई यहाँ त्यसले समस्या पनि पार्ने रहेछ । ‘मैले मुम्बईमा मोडलिङ गरे वा धेरै समय उतै रहदा सिकेको शैली यहाँ पाउदिन । हामी आफ्नो काममा पूर्ण रुपमा डेडीकेटेट भएर नलागेसम्म त्यसले गतिलो रिजल्ट दिदैन’ उनले भनिन् । उनी नेपाली फिल्ममा काम गर्ने शैलीमा परिवर्तन आवश्यक रहेको बताउछिन् । आफ्नो पुस्ता हलसम्म कम पुग्नुको कारण नेपालमा फिल्म हेराई नरहेको बताउछिन् ।

‘अहिले साउथ इन्डियामा फिल्म हेर्ने जाने कल्चर छ । त्यहाँ पुरै परिवार नै फिल्म हेर्न जानुहुन्छ । तर यहाँ त्यस्तो पाइदैन । त्यसैले गर्दा पनि हलमा दर्शक कम देखिन्छ’ उनले भनिन् । यद्दपि यस्तो हुनुमा केही फिल्म दर्शकको अपेक्षा अनुसार नबनेको पनि उनले बुझेकी छिन् । ‘हामीले दर्शकले खोजेको फिल्म दिन नसकेका हौँ कि भन्ने पनि लागेको छ । हाम्रो प्रयाश पनि त्यहिँ रहेको छ’ उनले भनिन् ।

फिल्ममा वादल भट्ट, कमलमणी नेपाल, उर्मिला बस्नेत, ध्रुब कोईराला, सुनिता श्रेष्ठ लगायतका अन्य कलाकार हुन् । नरेन्द्र मैनालीले खिचेको फिल्ममा सम्पादन पनि निर्देशक पौडेलको नै छ । गणेश बुढाथोकी र पुष्पालता बुढाथोकी फिल्मका निर्माता हुन् ।

कमेन्ट गर्नुहोस्