फिल्म । विश्व बजारमा नेपाली फिल्मको प्रवर्द्धन गर्ने उद्धेश्यका साथ बेलायतको राजधानी लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल २०२३’ आयोजना गरिदै छ । थर्ड आईले आयोजना गर्न लागेको फेस्टिभल ८ दिनसम्म चल्नेछ । नेपालका प्रख्यात कलाकारहरूको उपस्थिति रहने फेस्टिभलमा विशेष फिल्म प्रदर्शन गरिने आयोजक संस्थाका निर्देशक विकाश देवकोटाले जानकारी दिए ।
उनका अनुसार ‘जीवन काँडा कि फूल’, ‘प्रकाश’, ‘झिङ्गेदाउ’, ‘प्रेम गीत ३’ लगायतका फिल्म प्रदर्शन गरिनेछ। ‘ नेपाली फिल्मको अवस्था, स्तरीयता र कथ्य शैलीको बारेमा यहाँ रहेका नेपालीसँगै विभिन्न दर्शकहरूलाई जानकारी गराउने उदेश्यले फेस्टिभल गर्दै छौँ’, देवकोटाले भने।
फेस्टिभलमा सहभागी हुन् नेपालबाट चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, दिनेश डिसी, सन्तोष सेन, स्वस्तिमा खड्का, आँचल शर्मा, पुष्प खड्का, अनुपविक्रम शाही, रीमा विश्वकर्मालगायतका कलाकार लण्डन पुग्ने तयारी छ।










