संगीत । आउँदै गरेको दसैँलाई लक्षित गर्दै बजारमा विभिन्न गीतसंगीत आइरहेका छन् । दसैँमा परिवारसंग विछोडिनु पर्दाको पिडालाई लक्षित गर्दै ‘पछ्यौरीको फेरो’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा डिल्ली काफ्लेको लय रहेको छ यसमा आँचल विरही रानाको शब्द रहेको छ । गीतमा डिल्ली र मुना अर्यालको स्वर रहेको छ ।
गीतमा राज काफ्ले र निजा पौडेलको अभिनय रहेको छ । यी दुइले चाडवाडमा बाध्यताले विदेशीएको परिवारमा पर्ने समस्यालाई भिडियो मार्फत चित्रण गरेका छन् । गीतको भिडियोमा निर्देशन पनि निजाकै रहेको छ । गीतमा हरिश महराको छायाँकन र पदम सुवेदीको सम्पादन रहेको छ । गीतलाई कामना डिजिटल प्राइभेट लिमिटेडले तयार गरेको हो ।
कमेन्ट गर्नुहोस्