फिल्म । पछिल्लो समय नेपाली फिल्मले रिलिज समेत गर्न सकेको छैन । पछिल्लो समय ‘माछा माछा’ रिलिज भएपछी झन्डै मध्य माघसम्म आश गरिएका फिल्म रिलिजको सेड्युलमा छैनन् । नेपाली फिल्मलाई निर्माण गर्न प्रवर्धन गर्न के कस्ता नीति नियमले सहजता थप्छ त ? यो बुझेको मान्छेले चलचित्र विकास बोर्डमा काम गर्न सक्ने तर्क छ निर्मातासंगै निर्देशक समेत रहेका कलाकार भुवन केसीको । ‘फिल्मको सम्पूर्ण विधा निर्माण , प्रदर्शन , वितरण बुझेको मान्छेले यतिबेला बन्ने नीति नियमलाई सघाउनु पर्छ’ भुवनले भने । एक भेटमा भुवनले आफुमा जिम्मेवारी आएपछि नहट्ने बताए ।
‘म काम गर्न र गराउन तत्पर छु तर त्यहाँ जागिर खान र तलब थाप्न भने बोर्ड जाँदिन’ भुवनले भने ,’त्यहाँ व्यक्तित्वसंगै पहुच भएको मान्छेको खाचो छ ।’ आफ्नो करियरमै ६ महिनाको लागि एक ठाउँमा जागिर खाएका भुवनले आफुले काम गर्न नसके ६ महिनामा राजिनामा दिने समेत बताए । ‘त्यहाँ पुगेर काम गर्न तत्पर हुनु पर्छ र नेपाल सरकार त्यसमा सहयोगी हुनुपर्छ । अन्यथा त्यहाँ तलब बुझ्ने समय संवत धेरैसंग छैन । प्रलोभनमा नफस्ने पहुच भएको मान्छेले चलचित्र नीतिलाई डटेर ल्याउन सक्छ’ भुवन सुनिए ।
यद्दपि उनले आफु जिम्मेवारी लिन पछि नहटेता पनि अध्यक्ष बनाइ देउ भन्दै शक्तिकेन्द्र नधाएको बताए । ‘मैले आफुलाइ बनाउ भन्दै कतै गएको छैन र जाँदिन पनि किनकी त्यसरी आउँदा काम गर्न सकिदैन’ उनले भने ,’यदि मलाइ त्यहाँ लगिन्छ भने मलाइ काम गर्न देउ भन्ने शर्त राख्दै जान्छु ।’ उनले आफुले ‘करोडपति’ वितरण गर्दा वितरक र प्रदर्शकको पनि पिडालाई महसुश गरेको बताए । उनका अनुसार नेपाल सरकारले चलचित्र नीति सबैलाई हुने गरि ल्याउनु पर्छ र त्यसलाई कडाइका साथ् लागु गर्नु पर्छ । ‘नीति आउने वितिकै सबै कुरा मिल्छ’ उनले भने । बोर्ड अध्यक्ष बन्नका लागि निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक केपी पाठक, कलाकार संघका पूर्व अध्यक्ष नवल खड्का, निर्देशक दयाराम दाहाल पनि आकांक्षी देखिएका छन् । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि सरकारले विज्ञापन निकालिसकेको छैन । यसैले पनि बोर्ड अध्यक्ष चयन हुन अझै केही समय लाग्ने निश्चित छ ।












