विनोदले बताए ‘फिल्म निर्माणमा नआउँनुको कारण’

फिल्म । राजधानीमा आयोजित फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को प्रिमियर शो हेर्न उधोगपति विनोद चौधरी आफ्नो धर्मपत्नी सहित पुगेका थिए । प्राय फिल्म हेर्दा शो नै बुक गरेर हेर्ने गरेका विनोदले यसपटक भने मित्रको आग्रहलाई स्वीकार्दै प्रिमियरमै सहभागिता जनाए । विहिवार साँझ लाविम मलमा भेटिएका विनोदले आफु उत्साहित भएकोले फिल्म हेर्न प्रिमियरमै आएको बताए । ‘यसफिल्ममा हलिउड र बलिउडका कलाकारसँगै हाम्रो नेपाली कलाकार हुनुहुन्छ यसैले फिल्म प्रति आशावादी भएकैले प्रिमियरमै सहभागी भएको हु’ उनले भने ‘साथीभाइले बनाउनु भएको फिल्म हो र फेरी जति सुनेको छु केहि फरक पक्कै छ फिल्म ।’

उनले नेपाली फिल्म निर्माण पनि गरेका छन् , तर निरन्तरता छैन । वासुदेव फिल्मका निर्माता समेत रहेका चौधरीले फिल्म निर्माणमा सक्रिय नहुनुको कारण पनि खुलाए । ‘यतिबेला हामीले जसरि मेकिङ गरिरहेका छौ , त्यो सायद बजारको कारण अझै वातावरण बनिसकेको छैन’ उनले भने ‘जसरि फिल्मनगरीको बढ्दैछ यसले उद्योगको रुप पर्छ र व्यावसयिक सम्बन्ध हुनुपर्छ ।’ उनले घुमारो शैलीमा बजार नबढेको र मेकिङमा मात्र लगानी बढी भएको तर्फ संकेत गरे । उनका भाइ तथा प्रसिद्ध गीतकार वसन्त चौधरी पछिल्लो समय ‘भिसा गर्ल’ मा निर्माताको रुपमा आवद्ध भएका थिए । तर , उक्त फिल्म मार्फत व्यावसयिक सफलता हात पार्न नसकेपछी उनले पनि निर्माणलाई निरन्तरता दिन सकेका छैनन् ।

विनोदले त्यसतर्फ पनि संकेत गर्दै नयापन सुनिएका फिल्म मार्फत भने आशावादी हुने गरेको बताउदै प्रिमियरमा सहभागी भएको बताए । सिरिजको रुपमा ल्याउने तयारी भइरहेको ‘द म्यान फ्रम काठमाण्डौ’ मा बलिउडका ब्याडम्यान अर्थात गुलशन ग्रोवरसँगै जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु नीर शाह, आना शर्मा , शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम लगायतको अभिनय छ । यसफिल्मलाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् ।नेपाल र अमेरिकामा फिल्म खिचिएको फिल्म अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । (स्रोत : न्युज फिल्मीका अनुप भट्टराईसँगको भिडियो कुराकानी)

कमेन्ट गर्नुहोस्