‘कबड्डी कबड्डी कबड्डी’ले पार गर्‍यो ५१ औँ दिन

112 Shares

फिल्म । असोज ३ मा रिलिज भएको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ले प्रदर्शनको गौरवमय ५१ दिन पार गरेको छ । राजधानीको बिग मुभिज, एफक्युब, गोपीकृष्ण, गुण र अष्टनारायण हलमा फिल्मले ५१ दिन पार गरेको हो । रामबाबु गुरुङ निर्देशित फिल्मले ५१ दिनसम्म १४ करोड ग्रसको आँकडा छोएको वितरक कम्पनि स्टेशन ५ ले बताएको छ । फिल्म वर्षकै सर्वाधिक ग्रस कलेक्सन गरेको सावित भएको छ । भने, यसै वर्ष ५१ दिने प्रदर्शन पार गर्ने दोस्रो सिनेमा हो ।

यसअघि जेठमा रिलिज भएको ‘जात्रै जात्रा’ले यो सफलता हाँसिल गरेको थियो । ‘कबड्डी’ शृंखलामा सर्वाधिक व्यापार गर्ने रेकर्डसमेत यसको नाममा छ । तेस्रो भागसम्म आइपुग्दा सिरिजको अंकगणितीय भार उकालो लाग्दै गएको छ । अघिल्ल्ला दुई भाग सुपरहिट बनेका थिए । यसपटक ब्लकबस्टरको ट्याग पाएको छ ।

यसमा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिष्मा गुरुङ, कर्मा, विल्सनविक्रम राई, बुद्दि तामाङ, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डाक्टर सिंह गुरुङ, शिला खनाल, मणि के राईलगायतका कलाकारको अभिनय छ । मणिराम पोखरेल, अर्जुन कार्की र ओमचन्द रौनियारको मुख्य लगानीसँग रुदेन सदा लेप्चाले सहकार्य गरेको फिल्ममा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाको लेखन छ ।

तपाईको प्रतिक्रिया