हिट मेसिन भनिएका प्रकाश कहाँ चुके ?

फिल्म । गायक प्रकाश सपूत गीतसङ्गीतमा सफल नाम हुन् । उनले आफ्नै एक वर्गको दर्शक बनाएका छन् । उनका गीतले लोकप्रियता पाउनु सामान्य झैँ बनिसकेको छ । तर, केही समय यता उनले सानो पर्दामा सिमित अभिनयलाई ठूलो पर्दामा ल्याए । ‘परदेशी २’ मार्फत अभिनेता बनेका प्रकाशले अभिनय गरेको फिल्मको सङ्ख्या लामो नै छ ।

वर्ष २०८१ को चर्चा गर्दा प्रकाशको सुरुआत धमाकेदार भयो । यो वर्षको सुरुआतमा उनको गीत ‘बुझिन् मैले’ निकै चर्चामा आयो । यो गीतको लोकप्रियताले फिल्म ‘बोक्सीको घर’ लाई प्रचारमा सघायो । गीतका शब्द र सङ्गीतले दर्शकलाई हलसम्म तान्न सफल भएँ । फिल्म सफलताकको एउटा श्रेय प्रकाशले पाए । त्यसपछि उनले अभिनय गरेको फिल्म ‘पूर्णबहादुरको सारंगी’ को व्यापार इतिहास बनेको छ ।

उक्त फिल्मको व्यापारको रेकर्ड तोड्न अन्यलाई सहज छैन । अभिनेतासम्मको सफल यात्रा तय गरेका प्रकाशले निर्देशन गरेको ‘वसन्त’ गत चैत २२ देखि प्रदर्शनरत छ । प्रदर्शन अगाडि यसको चर्चा नेपालसँगै विश्वभरका फिल्म र सङ्गीत प्रेमीमाँझ थियो । प्रदर्शकले पनि यसले गर्ने व्यापारको अनुमान गरेका थिएँ । स्वदेशसँगै विदेशमा यसलाई ग्राण्ड रिलिज गर्ने तयारी थालिएको थियो । यद्यपि फिल्मले अपेक्षित व्यापार गर्न सकेन ।

सोसल ड्रामा ‘वसन्त’ले पहिलो सप्ताहन्त ओपनिङ अपेक्षाभन्दा न्यून देखिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिसमा तथ्यांक छ । शुक्रबार रिलिज भएको फिल्मले प्रदर्शनको ५ दिनसम्म देशब्यापी १ करोड १६ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । फिल्मको स्टारकास्ट र प्रि-रिलिज हाइप भन्दा यो आँकडा कम हो ।

आगामी दिनमा यसले व्यापार गर्न सक्ने सम्भावना कायमै छ, यद्यपि यसले सुरुआती दिनमा आक्रामक व्यापार गर्ने अनुमान विफल भएको छ । नेपालसहित डायस्पोरा मार्केटमा पनि फिल्मको व्यापार अपेक्षित छैन । अष्ट्रेलिया, अमेरिका जस्ता बजारमा फिल्म प्रदर्शनमै सकस भएको छ । अरुका लागि सफलताको सुत्र मानिएका प्रकाश आफ्नै सिर्जनामा भने अनपेक्षित असफलता प्राप्त गरिरहेका छन् । ब्लकबष्टर वर्षको सुरुआत गरेका प्रकाशले वर्षको अन्त्य लगभग असफलताका साथ् गर्ने देखिएको छ ।

कमेन्ट गर्नुहोस्