हेटौडामा अन्तरक्रिया

0 Shares
File Photo

फिल्म । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले ‘मोफसलमा नेपाली फिल्मको बजार विस्तारमा सञ्चारकर्मीको भुमिका’ बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ । पछिल्लो समय नेपाली फिल्मको स्थितिलाई मध्यनजर गर्दै संघले आगामी मंसीर ३० गते रिगल रिसोर्ट हेटौडामा आयोजना गरिने चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले बताए । संघको सोमबार बसेको कार्यसमितिको बैठकले आगामी हप्ता हेटौडामा अन्तरक्रिया गर्ने निर्णय गरेको र यसमा चलचित्र विकास बोर्डको सहकार्य रहने समेत अध्यक्ष गौतमले बताए ।

अन्तरक्रियामा बोर्ड अध्यक्ष केशव भट्टराई , सदस्य नरेन्द्र महर्जन , चलचित्र संघका अध्यक्ष प्रदिपकुमार उदय, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, निर्देशक समाज,समिक्षक समाज,चलचित्र पत्रकार संघ बुटवल,पोखरा,दाङ्ग,चित्तवन लगाएतका करीब ५० जना पत्रकारहरुको समेत सहभागीता रहने छ । चलचित्र पत्रकार संघ हेटौंडा शाखा विगत १० बर्ष देखी मकवानपुरमा क्रियाशिल रहदै आएको छ । ‘हामीले नेपाली फिल्मको समसामयिक विषयवस्तुमा छलफल गर्नेछौ साथै यसले पछिल्लो समय मोफसलमा गतिविधि बढाउँन पनि मदत गर्नेछ’ अध्यक्ष गौतमले भने ।

कमेन्ट गर्नुहोस्