बक्सअफिसमा चम्किदै ‘परान’, ‘जेरी अन टप’ को उच्च कमाइ

फिल्म । पछिल्लो समय प्रदर्शन भएका नेपालीफिल्मले घरेलु बजारमा गरेको व्यापारको तथ्यांक बक्सअफिसले सार्वजनिक गरेको छ । यसमा अनमोल केसी अभिनीत ‘जेरी अन टप’ अगाडि छ । फिल्मले शनिवार बेलुकीसम्म ११ करोड ७१ लाख रुपैयाँको ग्रस कमाइ गरेको छ । उक्त कमाइ गर्दा फिल्मलाई ३ लाख ७५ हजार ८१ जनाले हेरेका छन् ।

यस्तै, दयाहाङ राई अभिनित फिल्म ‘वरिष्ठ बलराम’ ले २ करोड ५६ लाख ५७ हजार ९ सय २९ रुपैयाँ ग्रस कमाइ गरेको छ । उक्त फिल्मलाई ८५ हजार ३ सय ५६ जनाले हेरेका छन् ।

सोही अवधिसम्म नीर शाह अभिनित चलचित्र ‘परान’ ले प्रदर्शनको नवौं दिनसम्म ३ करोड ७१ लाख ३६ हजार ५ सय ५३ रुपैयाँ ग्रस कमाएको छ । उक्त फिल्मलाई १ लाख २८ हजार ६ सय ७९ ले हेरेका छन् ।

यस्तै, डेब्यु फिल्ममै विल्सन विक्रम राई असफल भएका छन् । उनको फिल्म ‘मैझारो’ ले घरेलु बक्सअफिसमा १ करोड ४ लाख २९ हजार २ सय ८८ रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । उक्त फिल्मलाई ३५ हजार १ सय ७६ जनाले हेरेका छन् ।

त्यसैगरी, प्रकाश सपुत अभिनीत ‘सोल्टिनी’ को लाइफटाइम ग्रस कलेक्सन २९ लाख रुपैयाँमा सीमित भएको छ । यो फिल्मलाई ८ हजार ९ सय ४५ जनाले हेरेका छन् । अर्जुन सुवेदी पनि यस वर्षको ‘फ्लप’ निर्देशकको सूचीमा परेका छन् ।

कमेन्ट गर्नुहोस्