
फिल्म । जनकपुरको प्रसिद्ध जानकीमन्दिरबाट नेपाली फिल्म ‘रावायण’ को छायांकन सुरू गरिएको छ । सुदर्शन थापाको निर्देशनमा तयार भइरहेको फिल्मका प्रमुख कलाकाले पूजा गर्दै छायांकन सुरू गरेका हुन् । सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्ममा पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, पल शाह, प्रकाश शाह, सुशान्त श्रेष्ठ लगायतका कलाकारले अभिनय गरिरहेका छन् ।
फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, श्री श्रेष्ठको एक्सन रहने छ । फिल्म वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफ.डी कम्पनीले गर्ने छ भने डिजिटल पार्टनर को रुपमा ओ.एस.आर डिजीटल रहेको छ ।
कमेन्ट गर्नुहोस्