फिल्म । अन्तत: अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्काको जोडी एकसाथ देखिने भएको छ । निर्माता तथा निर्देशक माधव वाग्लेको नयाँ फिल्म ‘विवेक’ बनाउने भएका छन् । अभिनयकै कारण दर्शक माँझ आफ्नो छुटै स्थान बनाइसकेका विपिन र बुलबुल मार्फत दर्शकको मन जितेकी स्वस्तिमालाई एकसाथ पर्दामा हेर्ने चाहना दर्शकको रहेको बेलाबखतमा सामाजिक सञ्जालमा प्रतिक्रिया देख्न पाइन्छ ।
फिल्ममा प्रकाश घिमिरेको पनि अभिनय रहनेछ । केहि कलाकार अडिसन मार्फत छानिने निर्देशक वाग्लेले बताए । उनले कथाको सेटिङ तराई भएको जानकारी गराउँदै फिल्म नेपाली र विदेशी बजार दुवैलाई लक्षित गरी बनाउन लागेको जानकारी गराए । उनले तराईमा विद्यमान विकृतिलाई कथानकको रुपमा प्रस्तुत गर्न लागेको पनि जानकारी गराएका छन् । निर्माताको रुपमा वाग्लेले ‘लुट’, ‘फस्ट लभ’, ‘लभ सासा’ ‘रेसम फिरिरी’ आदि फिल्म निर्माण गरेका छन् ।











