फिल्म।’बहाव’ फिल्मको टिकटमा थाइल्यान्ड घुम्न पाउने योजना सार्वजनिक गरेको छ। यो योजनामा सहभागी हुन चाहाने दर्शकले फिल्मको टिकट खल्ती एपमार्फत खरिद गर्नुपर्ने छ। यसका लागि विभिन्न नियम तथा शर्त राखिएको छ। टिकट खरिद गर्दा एमडी होलिडेजको तर्फबाट एक जोडीले थाइल्याण्ड टुर प्याकेज जित्ने मौका पाउनेछन्। टिकेट लिदा Promocode : BAHAAB प्रयोग गरेर १०% सम्म पैसा फिर्ता समेत प्राप्त गर्न सक्ने समेत जनाइएको छ।
फिल्ममार्फत व्यापार प्रवर्द्धन गर्न पाउँदा आफूहरू उत्साहित रहेको एमडी होलिडेजकी प्रमुख प्रतिनिधि बिनिता त्वयनाले बताइन। यस पुरस्कारसँग जोडिएको टिकेटिङ पार्ट्नर खल्ती पनि यस्ता कार्यक्रमहरुलाई बढावा दिने र खल्ती एप मार्फत फिल्म हेर्ने प्रयोग कर्ताका लागि अहिलेसम्मकै ठूलो पुरस्कार राशीको यो टुर प्याकेजमा रहेको कुरा मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले जानकारी दिइन।
दुईतर्फी हवाई भाडा र तीन तारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज समावेश गरिएको उक्त पुरस्कार प्याकेज फिल्म प्रमोशनको लागि निकै प्रभावकारी हुने फिल्मका मार्केटिंग हेड सुदिप दवाडीको दाबी छ। विजेता छनोट भने फिल्म प्रदर्शन सकिएको २ हप्ता पछि खल्तीको अफिसियल पेजमार्फत लक्की ड्र गरेर गरिनेछ। सो प्याकेज प्राप्त गर्नको लागि विजेताले घोषणा भएको २ हप्ताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ।
प्रमोद कँडेलको लेखन तथा निर्देशन रहेको फिल्म ‘बहाव’ मा सुरक्षा पन्त, कमलमणी नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल र पवन श्रेष्ठको अभिनय छ ।‘जिज्ञाषा, विचार अनि यथार्थको कथा’ मा आधारित फिल्मका निर्माता पौडेलले यसअगाडी नेपाल सरकारबाट ‘राष्ट्रिय अवार्ड’ प्राप्त फिल्म ‘गोपी’ निर्माण गरेका थिए । फिल्म चैत २४ गते प्रदर्शन हुँदैछ।

यसमा सुजन बडालको सम्पादन, वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको सङ्गीत, सज्जा चौलागाईंको स्वर, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ र कार्तिकेय स्मिता कर्नाटकको छायाङ्कन छ । फिल्ममा निगम श्रेष्ठको प्रोडक्सन डिजाइन, भारद्वाजसिंह माहिदाको फस्ट युनिट डिरेक्सन, विकास ठाकुरको स्टोरी एडिटर, प्रतीक श्रीवास्तवको स्टोरी डेभलपमेन्ट एण्ड आर्ट डिरेक्सन, सम्राट खनालको साउण्ड रेकर्ड, सीमा गुरुङको मेकअप, रञ्जीत क्षेत्रीको कस्ट्युम, सनीष सचुको पोस्टर डिजाइन, सुदीप दवाडीको मार्केटिङ स्ट्राटेजी, निर्वाना फिल्म स्कुलको प्रोडक्सन मेनेजमेन्ट र सिनेजोनको पोस्ट प्रोडक्सन मेनेजमेन्ट छ ।

