वैशाख १५ बाट ‘डियर लभ’

358 Shares

टिभी । पछिल्लो मस्य वेब सिरिजको प्रचलन बढ्दो छ । दशक अगाडी सिरियल टेलिभिजनको लागि मात्र बनाउने गरिन्थ्यो तर पछिल्लो समय भने आफुले भन्न खोजेको कथालाई वेबमै रिलिज गर्न सकिन्छ । यसै क्रममा आउँदो वैशाख १५ बाट ‘डियर लभ’ नामक वेब सिरिज प्रशारण हुने भएको छ । रुबुशा युट्युब च्यानल मार्फत प्रशारण हुने सिरिजमा युवाको लभ प्रतिको महत्वलाई दर्शाईएको छ ।

विवेक रसाइलीको लेखन तथा निर्देशन रहेको सिरिजमा दिप्सन भट्टराई , करिना कक्षपति , रबिन बोगटी , रश्मि भट्ट , किरण चन्द , कल्याण थापा , इशिका लिम्बु लगायतको अभिनय रहेको छ । ‘हामी सबै युवा त्यसैले यसमा खिच्न सहज थिएन’ यसका निर्माता रुक्माण लिम्बुले भने ‘हामीले कथाको भाव अनुसार प्रस्तुतीकरणका निमित कन्जुस्याई गरेका छैनौ ।’ यसमा रबिन बोगटीको पटकथा र संवाद रहेको छ भने रुपेश थापाक छायाँकन र राम प्रसाद चौधरीको सम्पादन रहेको छ ।

Facebook Comments