तेस्रो ‘आदिवासी जनजाती चलचित्र महोत्सव’ हुँदै

फिल्म । अघिल्लो वर्ष झैँ यस वर्ष पनि ‘आदिवासी जनजाती चलचित्र महोत्सव’ आयोजना हुने भएको छ । गत दुइ वर्ष देखि हुँदै आएको महोत्सवलाई आदिवासी जनजाती चलचित्र महासंघले आयोजना गर्दैछ । ‘तेस्रो आदिवासी जनजाती चलचित्र महोत्सव २०७६’ जेठ महिनाको २४, २५ र २६ गतेसम्म राष्ट्रिय सभागृह काठमाडौंमा हुने महासंघका अध्यक्ष अमृत बहादुर सुनवारले जानकारी दिएका छन् । ‘आदिवासी चलचित्रले राष्ट्रको मौलिक पहिचान बचाई राख्नुको साथै नेपालको साँस्कृतीक र प्राकृतिक क्षेत्रको पर्यटन विकास गर्दै मुलुकको अर्थतन्त्रमा ठुलो टेवा पुर्याउने विश्वासका साथ महासंघले तीन दिवसीय आदिवासी जनजाति चललिचत्र मोहत्सव आयोजना गर्न लागेको हो ।’ अध्यक्ष सुनुवारले आयोजित पत्रकार सम्मेलनमा उदेश्यलाई प्रस्ट्याए ।

फिल्मको माध्यमद्वारा आदिवासी जनजातिहरुका मौलिक कला–संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्तावेजीकरण, संरक्षण, प्रवद्र्धनका साथै पर्यटन विकास लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ‘आदिवासी जनजाती चलचित्र महोत्सव २०७६’ कार्यक्रमले सहयोग गर्ने महासंघको लक्ष्य छ । महोत्सवमा आदिवासी जानजाती फिल्म, वृत्तचित्र र छोटा फिल्म गरि २० वटा आदिवासी जनजाती फिल्म प्रदर्शन गरिनेछ ।

आदिवासी जनजाति चलचित्रको बस्तुगत अवस्थाको बारेमा जानकारी डेक्स, विभिन्न आदिबासी जनजाति समुदायको परम्परागत खानाको स्टलहरु, आदिबासी जनजाति समुदायका मौलिक भेषभुषा, हस्तकला, पुस्तक आदीको स्टलहरु पनि राखिने अध्यक्ष सुनवार बताउँछन् । महोत्सवमा दर्शकहरुबाट छनोट भएको उत्कृष्ट फिल्मलाई पब्लिक च्वाईस अवार्ड, उत्कृष्ट आदिवासी जनजाति फिल्म (जुरी अवार्ड) अभिनय तर्फ महिलारपुरुष उत्कृष्ट कलाकार, उत्कृष्ट निर्देशक र उत्कृष्ट छायाँकार गरि जम्मा ६ विधामा अवार्ड समेत वितरण गरिनेछ ।

महोत्सवमा प्रर्दशन हुने फिल्महरु

१. म्ले क्यु (गुरुङ) – निर्देशक : जस माया गुरुङ

२. रिजेनासा (गुरुङ) – निर्देशक : प्रितम गुरुङ

३. मोङो डोङा–२ (माझी) – निर्देशक : सुञ्जीत माझी

४. द लस्ट नोमेड्स अफ एभरेष्ट (शेर्पा) – निर्देशक : निश्चल पौडेल

५. पुल्टी (राजबंशी) – निर्देशक : प्रबलद्घिप बिश्वास

६. यारी (राई) – निर्देशक : वीरबहादुर राई

७. वाम्बुले राई संस्कार (राई) – निर्देशक : कृष्णजित राई

८. छेँगु (सुनुवार) – निर्देशक : लक्ष्मी सुनुवार

९. आङा थेबा (तामाङ) – निर्देशक : अमृत बहादुर सुनुवार

१०. झुमरा नाच (थारु) – निर्देशक : आशिष बिक

११. खुर्पेटो (मगर) – निर्देशक : बिश्वास मगर (बिकास)

१२. साङ्गेला घ्रान (तमाङ) – निर्देशक : दिपक तामाङ

१३. कृषा गौतमी (नेवार) – निर्देशक : रामकृष्ण खड्गी

१४. नौलिन भद्रकाली जात्रा (नेवार) – निर्देशक : रामकृष्ण श्रेष्ठ

१५. तिनपाने (मगर) – निर्देशक : युकी आले

१६. के (लिम्बु) – निर्देशक : सागर केरुङ

१७. धुर्सा (तामाङ) – निर्देशक : कमल योञ्जन तामाङ

१८. के साङ्ला (लिम्बु) – निर्देशक : लोकन साँवा लिम्बु

१९. निप्हुगाल (भुजेल) – निर्देशक : कृष्ण कुमार गुरुङ

२०. सिरुवा पावैन (थारु) – निर्देशक : पशुराम चौधरी

कमेन्ट गर्नुहोस्