सिडी विजयको ‘भुलभुलैया’ (भिडियो)

संगीत । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को पहिलो सिजनका विजेता सिडी विजय अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । ‘द भ्वाइस अफ नेपाल’ को टाइटल जितेसंगै विजयका लागि आयोजकको तर्फबाट तयार हुने भनिएको भिडियो यतिबेला सार्वजनिक भएको छ । विवध कारणले भिडियो निर्माणमा ढिलाई भएको आयोजकले प्रस्ट्याएका छन् ।

सार्वजनिक ‘भुलभुलैया’ बोलको गीतलाई अरुण काफ्लेले लेखेका हुन् । यसमा स्वरसंगै संगीत पनि विजयले नै दिएका छन् । गीतमा निराजन कार्की , जीवन रिजाल र सुशील बानियाँको छायांकन रहेको छ भने छायांकन निर्देशक अर्जुन तिवारी रहेका छन् । गीतमा कलरसंगै सम्पादन सोहन मानन्धरको रहेको छ भने यसलाई द भ्वाइस अफ नेपालको टिमले तयार पारेको हो ।

कमेन्ट गर्नुहोस्